काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

डिएलएको स्थापना दिवसमा दुई वरिष्ठ अधिवक्तासहित तीन जना सम्मानित

1.05K
shares

सप्तरी। नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए)को ३७औँ स्थापना दिवसका अवसरमा सप्तरीमा दुई वरिष्ठ अधिवक्तासहित तीन जना सम्मानित भएको छन् ।

डिएलए सप्तरीले आज राजविराजमा आयोजना गरेको कार्यक्रममा पाँच दशकभन्दा बढी समयदेखि कानुन व्यवसायमा संलग्न रही न्याय क्षेत्रमा योगदान पुर्‍याएका वरिष्ठ अधिवक्ताद्वय हिम्मत सिंह र अमरबहादुर पाण्डे तथा दुई दशकदेखि कानुन व्यवसायमा सक्रिय राजविराज उच्च अदालत बार एसोसिएसनका अध्यक्ष हरेराम यादवलाई सम्मान गरेको हो ।

वरिष्ठ अधिवक्ताद्वय सिंह र पाण्डेलाई डिएलए सप्तरीका अध्यक्ष सुरेन्द्र यादव र राजविराज उच्च अदालत बार एसोसिएसनका अध्यक्ष यादवले संयुक्त रूपमा दोसल्ला ओढाएर सम्मान गरे । त्यसैगरी, बार एसोसिएसनका अध्यक्ष यादवलाई वरिष्ठ अधिवक्ता सिंहले सम्मान गरे ।

वरिष्ठ अधिवक्ता सिंहले सर्वसाधारणलाई निष्पक्ष न्यायको प्रत्याभूति दिलाउन तथा लोकतन्त्रको सुदृढीकरणमा डिएलएले स्थापनाकालदेखि नै महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।

कार्यक्रम डिएलए सप्तरीका अध्यक्ष सुरेन्द्र यादवको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा वरिष्ठ अधिवक्ता अमरबहादुर पाण्डे, कृष्णानन्द देव, बोधकृष्ण भगत, नारायण झा, रामजी साह, डा। देवनारायण यादव, इन्द्रदेव सिंहलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यसअघि डिएलए सप्तरीले स्थापना दिवसका अवसरमा राजविराजका विभिन्न भागको परिक्रमा गर्दै प्रभातफेरी आयोजना गरेको थियो ।