काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सगरमाथा इन्स्योरेन्सको स्मार्ट कार्ड अब विराटनगरमा

24.86K
shares

सगरमाथा इन्स्योरेन्स कम्पनीले मंगलबारदेखि प्रदेश १ मा ‘भीआईपी अन द स्पोट’ स्मार्ट कार्ड सञ्चालनमा ल्याएको छ । उपत्यकामा यसअघि नै सञ्चालनमा रहेको सो कार्ड  विराटनगरबाट नै वितरण गर्न सुरु गरेको छ ।

सवारी साधन को बीमालाई लक्षित गरी ल्याईएको सो कार्डले सवारी साधनको सम्पूर्ण बीमा प्रमाणको काम गर्ने सगरमाथा इन्स्योरेन्स कम्पनी विराटनगर शाखाका प्रबन्धक नारायण गौतमले जानकारी दिए । उनका अनुसार उक्त कार्डमा रहेको टोल फ्री नम्बर हप्ताको ७ दिन २४ घन्टा नै सुचारु रहन्छ ।

टोल फ्री नम्बरमा फोन गरी दुर्घटनाको जानकारी गराइ अन द स्पोट सेवा लिन सकिने समेत उनले बताए । उक्त सेवाका लागि अतिरिक्त बीमा शुल्क नलाग्ने बताइएको छ । उक्त ‘भीआईपी अन द स्पोट’ अन्तर्गत पर्ने बीमा दाबी सरल प्रकृयाद्वारा तुरुन्त भुक्त्तानी हुने समेत उनको भनाई छ ।