काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

रामेछाप नगरपालिकास्थित देउरालीमा ट्याक्टर दुर्घटना, सह-चालकको मृत्यु

13.5K
shares

रामेछाप जिल्लाको रामेछाप नगरपालिका-२ स्थित देउरालीमा मंगलबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मन्थलीबाट देउरालीतर्फ बालुवा लिएर जाँदै गरेको ना ४ च १६३ नम्बरको टयाक्टर देउरालीमा दुर्घटना भएको हो ।

रामेछाप नगरपालीका-२ का वडा अध्यक्ष नीर बहादुर श्रेष्ठका अनुसार दुर्घटनामा परी सह चालक रामेछाप नगरपालिका-३ का सविन महतको घटनास्थलमै मृत्यु भएको छ । राति लगभग १०-११ बजेको समयमा ट्याक्टर दुर्घटना भएको हो । चालक भने फरार रहेको श्रेष्ठले बताए ।

घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।