काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विराट एक्स्पो : मोडलले तताए चिसिएको मौसम

13.04K
shares

प्रदेश-१ कै सबैभन्दा ठूलो व्यापार मेला दावी गरिएको विराटनगरमा जारी विराट ट्रेड एक्स्पोमा ८ करोडभन्दा बढीको कारोबार भएको छ । व्यापारिक कारोबारसँगै मेलामा सांगितिक, सांस्कृतिक लगायत मनोरञ्जनात्मक कार्यक्रममा पनि दर्शकको उल्लेख्य सहभागिता देखिएको छ ।

हरेक दिन साँझ मेलामा मनोरञ्जनात्मक कार्यक्रम हुँदै आएको छ । मेलामा तीन दिन  फेसन सोको कार्यक्रम निर्धारण गरिएकोमा पहिलो दिनको फेसन सो हेर्न सामेबार सयौं दर्शकहरु मेला आयोजनास्थल पुगेका थिए ।

मञ्जिना मुभिज क्रियसनले व्यवस्थापनको जिम्मा लिएको फेसन सोमा प्रदेश १ का विभिन्न जिल्लाका २२ जना मोडलहरुले आआफ्नो प्रस्तुती दिएका थिए । पुसमा साँझ परेपछि झनै चिसिएको मेलाको मौसमलाई उनीहरुले तताएका थिए ।

स्टेजमा मोडलहरुको ‘वाक’ चलिरहँदा दर्शकको हुटिङले मेलास्थल थप रंगिन बनेको सो हेर्न पुगेका दर्शकहरुले बताएका छन् । मेलामा हरेक दिन स्थानीय तथा राष्ट्रिय कलाकारहरुले सांगितिक तथा मनोरञ्जनात्मक प्रस्तुती दिँदै आएका छन् ।

मंगलबार मेलामा चर्चित गायिका इन्दिरा जोशी गायक गिरिश खतिवडा तथा स्थानीय नृत्यागंना निलम ढुंगानाको बेजोड प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ । ९ दिने मेलामा साढे २ लाख दर्शकले अबलोकन गर्ने र २० करोडको कारोबार हुने आयोजकको अनुमान छ ।