काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सुर्खेतमा माघेसंक्रान्ती मेला पुस २५ देखि

22.05K
shares

नेपाल मगर संघ सुर्खेतको आयोजनामा यही पौष २५ देखि २ गते सम्म माघेसंक्रन्ती मेला सञ्चालन हुने भएको छ ।

विगतमा पनि मेला आयोजना गर्दै आएको संघले यो वर्ष पनि माघेसंक्रान्तिको अवसर पारेर मेला सञ्चालन गर्ने  आयोजकले जानकारी दिएको छ ।

मगरहरुको संस्कृतीको संरक्षण गर्न आयोजना गरिने मेलामा विशेष गरी धनुषवाण, छेलो, कुर्ची डौड (महिलाको लागि मात्र), घैटो फुटाल्ने (महिला,पुरुष), एकल नृत्य र एकल गित प्रतियोगिता समेत हुनेछन् ।

मेलामा मौलिक संस्कृति झल्कने सोरठी, ठाडी भाका, ख्याली, सालैजो मुख्य आर्कषणको रुपमा रहने  मेला आयोजक प्रचारप्रसार उपसमितिका संयोजक दीपबहादर रानामगरले बताएका छन् । मेलामा मगर परिकारका खानेकरा, मगर समुदायले बुनेका मगर ड्रेश तथा कन्दमुलहरु पनि राखिने जानकारी दिँदै रानाले मेलामा अनुमानित २८ लाख खर्च हुने जानकारी समेत दिएका छन् ।