गृहपृष्ठ Tag: मतदान

स्थगन भएकामध्ये १९ मतदान केन्द्रमा निर्वाचनकाे नयाँ मिति तय
स्थगन भएकामध्ये १९ मतदान केन्द्रमा निर्वाचनकाे नयाँ मिति तय

यही वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा राजनीतिक दल, उम्मेदवार र अन्य पक्षको विवादका कारण स्थगन भएका ८५ मतदान केन्द्रमध्ये १९ केन्द्रमा आउँदो जेठ १, २ र ३ गतेका लागि नयाँ निर्वाचन मिति तय गरिएको छ । स्थगन भएकामध्ये...

स्थगन भएका मतदान केन्द्रको संख्या ७९ पुग्यो
स्थगन भएका मतदान केन्द्रको संख्या ७९ पुग्यो

यही वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा स्थगन हुने मतदान केन्द्रको संख्या ७९ पुगेको छ । निर्वाचन आयोगले गएराति २२:०० बजेसम्म विभिन्न १६ जिल्लाका २८ पालिकाका ४३ मतदानस्थलका ७४ वटा केन्द्रमा स्थगन भएको विवरण सार्वजनिक गरेकोमा हालसम्म निर्वाचन अधिकृतका...

स्थानीय तह निर्वाचन: अशक्तदेखि ज्येष्ठ नागरिकसम्म सहभागी (१५ तस्बिर)
स्थानीय तह निर्वाचन: अशक्तदेखि ज्येष्ठ नागरिकसम्म सहभागी (१५ तस्बिर)

स्थानीय तह निर्वाचन-२०७९ सम्पन्न भएकाे छ । विवाद र झडपका कारण केही स्थानमा स्थगित भए पनि समग्रमा शान्तपूर्ण तवरबाट निर्वाचन सम्पन्न भएकाे हाे । आज बिहान ७ देखि साँझ ५ बजेसम्मकाे अवधिमा मतदाताले अबकाे पाँच वर्षकाे लागि स्थानीय तहकाे जनप्रतिनिधि छान्न...

आयोगले तोकेको निर्धारित समय सकियो, लाइनमा बसेकाले मतदान गर्न पाउने
आयोगले तोकेको निर्धारित समय सकियो, लाइनमा बसेकाले मतदान गर्न पाउने

स्थानीय तह निर्वाचनको मतदानको लागि निर्धारित समय सकिएको छ । मतदानकाे लागि शुक्रबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म समय तोकिएकाे थियो । तर, ५ बजेभित्र लाइनमा बसेकाले भने मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ । देशभरका सबै ७५३ पालिकामा शुक्रबार स्थानीय...

कतै पनि मतदान स्थगित भएको छैन : निर्वाचन आयोग
कतै पनि मतदान स्थगित भएको छैन : निर्वाचन आयोग

स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत आज भएको निर्वाचनमा अहिलेसम्म केही ठाउँमा छिटफुट घटनाका कारण केही समय मतदान अवरुद्ध भए पनि कहीँकतै स्थगित नभएको निर्वाचन आयोगले जनाएको छ । देशका विभिन्न २९ स्थानमा राजनीतिक दल वा उम्मेदवारबीच विवादका कारण केही समय मतदान...

प्रधानमन्त्री देउवाले गरे मतदान, भने-निर्वाचन हुँदैन भन्ने ओलीजीले पनि गर्नुभयो होला
प्रधानमन्त्री देउवाले गरे मतदान, भने-निर्वाचन हुँदैन भन्ने ओलीजीले पनि गर्नुभयो होला

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो गृहपालिका गन्यापधुरा-१ को मतदान केन्द्रबाट मतदान गरेका छन् । मतदानलगत्तै प्रधानमन्त्री देउवाले सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै भने, 'चुनाव हुँदैन हुँदैन भन्ने केपी ओलीजीले पनि मतदान गर्नुभयो होला ।' प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले निर्वाचन मिति...

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले देखाएरै मतदान गरे, जरिवाना हुन सक्ने
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले देखाएरै मतदान गरे, जरिवाना हुन सक्ने

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले मत संकेत सार्वजनिक गरेका छन् । शुक्रबार बिहान साढे ८ बजे गोरखाको पालुङटार नगरपालिका-१ खोप्लाङस्थित अन्नपूर्ण माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका उनले देखाएरै छाप लगाएका हुन् । भट्टराईले मतदान गरेको तस्बिर...

हुम्लाको चंखेलीमा झडप, मतदान अधिकृत नै घाइते
हुम्लाको चंखेलीमा झडप, मतदान अधिकृत नै घाइते

हुम्लाको चंखेली गाउँपालिका-२ स्थित महादेव मतदान केन्द्रमा झडप भएको छ । गठबन्धन र स्वतन्त्र पक्षबीच झडप भएको हो । झडपमा परी मतदान केन्द्रका मतदान अधिकृतसहित २ जना घाइते भएका छन् । घाइते हुनेमा मतदान अधिकृत कृष्णप्रसाद आचार्य र कार्यालय सहयोगी...

बारामा झडप हुँदा रोकियो मतदान
बारामा झडप हुँदा रोकियो मतदान

 बाराको पचरौता नगरपालिका २ बैरिया र देवताल गाउँपालिका ७ पिपरपाती मतदान केन्द्रमा दुई समूहबीच झडप भएको छ । देवतालमा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीका कार्यकर्ताबीच झडप भएको हो । त्यहाँ झडपका कारण उत्पन्न विवाद साम्य पार्न प्रहरीले अश्रुग्यास पनि प्रहार गरेको छ ।...

मतदान गरेर फर्किएका वृद्धको मृत्यु
मतदान गरेर फर्किएका वृद्धको मृत्यु

बैतडीमा मतदान गर्न गएका एक वृद्धको मृत्युु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका-३ कफल्डाका ८४ वर्षीय हरिसिंह भाट रहेकाे इन्स्पेक्टर दीपक विष्टले जानकारी दिए । भाटको आज बिहान सनातन धर्म मावि खोचलेकमा मतदान गरेपछि फर्कने क्रममा मतदानस्थल बाहिर पुग्ने बेला...