गृहपृष्ठ मतदान गरेर फर्किएका वृद्धको मृत्यु
मतदान गरेर फर्किएका वृद्धको मृत्यु
फाइल फोटो
बैतडीमा मतदान गर्न गएका एक वृद्धको मृत्युु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका-३ कफल्डाका ८४ वर्षीय हरिसिंह भाट रहेकाे इन्स्पेक्टर दीपक विष्टले जानकारी दिए ।
भाटको आज बिहान सनातन धर्म मावि खोचलेकमा मतदान गरेपछि फर्कने क्रममा मतदानस्थल बाहिर पुग्ने बेला मुर्छा परेकाे र बाटोमै मृत्युु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित समय : १५:४९ बजे



















