गृहपृष्ठ बारामा झडप हुँदा रोकियो मतदान
बारामा झडप हुँदा रोकियो मतदान
बाराको पचरौता नगरपालिका २ बैरिया र देवताल गाउँपालिका ७ पिपरपाती मतदान केन्द्रमा दुई समूहबीच झडप भएको छ । देवतालमा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीका कार्यकर्ताबीच झडप भएको हो । त्यहाँ झडपका कारण उत्पन्न विवाद साम्य पार्न प्रहरीले अश्रुग्यास पनि प्रहार गरेको छ ।
यस्तै देवतालको पीपरपातीमा पनि एक पक्षले मतदान केन्द्रमै प्रवेश गरेर भोट मागिरहेपछि अर्को पक्षले विरोध जनाउँदा झडप भएको हो ।
झडपका कारण अहिले ती दुवै केन्द्रमा मतदान रोकिएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले भने घटनास्थलमा सुरक्षा कडा पार्दै मतदान सुरू गराउन आफूले पहल गरिरहेको बताए ।
प्रकाशित समय : १५:५७ बजे



















