गृहपृष्ठ एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौं । एनएमबि बैंक लिमिटेडको अगुवाइमा मनाङ जिल्लामा निर्माणाधीन ६५ मेगावाट क्षमताको दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ ।

दुध खोला हाइड्रो पावर कम्पनी प्रालिद्वारा प्रवर्द्धित उक्त आयोजनामा एनएमबि बैंक लिमिटेड मुख्य लगानीकर्ता तथा अगुवा बैंकका रूपमा रहेको छ भने सानिमा बैंक लिमिटेड सह–अगुवा बैंकका रूपमा सहभागी रहेको छ ।

आयोजनाको प्रमुख लगानीकर्तामा माउन्टेन इनर्जी नेपाल लिमिटेड तथा श्री सीताराम तिमिल्सिनाको समूह रहेको जनाइएको छ । आयोजनाको कुल अनुमानित लागत १२ अर्ब ९० करोड रुपैयाँ रहेको छ । सोमध्ये बैंकहरूको ऋण लगानी ९ अर्ब ६७ करोड रुपैयाँ रहनेछ ।

ऋण सम्झौतामा एनएमबि बैंक लिमिटेडका तर्फबाट सहायक महाप्रबन्धक दिनेश दुलाल तथा दुध खोला हाइड्रो पावर कम्पनी प्रालिका तर्फबाट अध्यक्ष अरुण केसीले हस्ताक्षर गर्नुभएको छ ।

एनएमबि बैंकले हालसम्म ५० भन्दा बढी जलविद्युत आयोजनामा लगानी गरिसकेको जनाएको छ । बैंकले जलविद्युतलगायत पूर्वाधार क्षेत्रमा लगानी विस्तार गर्दै आएको छ ।

नेपाल राष्ट्र बैंकद्वारा जारी ‘वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिका, २०२२’ अनुसार एनएमबि बैंकले वातावरणीय तथा सामाजिक नीति तथा व्यवस्थापन प्रणाली कार्यान्वयन गर्दै आएको जनाएको छ । बैंकले लगानीका वातावरणीय तथा सामाजिक पक्षको मूल्याङ्कनका आधारमा जिम्मेवार लगानी सुनिश्चित गर्दै आएको बताएको छ ।

अन्तर्राष्ट्रिय असल अभ्यास अवलम्बन गर्ने क्रममा आयोजनाको वातावरणीय तथा सामाजिक पक्षको अध्ययन तथा मूल्याङ्कन गरिएको बैंकले जनाएको छ । यसका लागि सम्बन्धित अन्तर्राष्ट्रिय संस्थाद्वारा विकसित प्रारम्भिक वातावरणीय, सामाजिक तथा सुशासन परीक्षण उपकरण प्रयोग गरिएको थियो ।

एनएमबि बैंकले हाल देशभर १९८ शाखा, १७६ एटिएम तथा ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ ।

प्रकाशित समय : २०:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु