काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विद्यालय भवन निर्माण

441
shares

म्याग्दी। म्याग्दीको धवलागिरि गाउँपालिका–७ शिवाङमा रहेको हेम नमुना आवासीय माध्यमिक विद्यालयमा आठ कोठे कक्षाकोठा भवन निर्माण थालिएको छ ।

दातृ संस्था ‘पहार ट्रस नेपाल’ र धवलागिरि गाउँपालिकाको रु एक करोड २५ लाख लागत साझेदारीमा आठ कोठे दुईतले भवन निर्माण थालिएको हो । धवलागिरि गाउँपालिकाले ५० लाख बजेट विनियोजन गरेको भवन निर्माणका लागि संस्थाले ७५ लाख लगानी गर्ने सम्झौता भएको गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले जानकारी दिए ।

गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष पुनमगर, वडा अध्यक्ष अशोक खत्री, कार्यपालिका सदस्यसमेत रहेका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नरकुमारी बूढाथोकी र पहार ट्रस नेपालका प्रतिनिधिहरुको उपस्थितिमा सोमबारदेखि भवन निर्माण थालिएको हो ।

विसं २०१० मा स्थापना भएको विद्यालयको पुरानो भवनको विकल्पमा पक्की नयाँ भवन निर्माण गर्न लागिएको हो । बालकक्षा देखि १२ सम्मको पठनपाठन हुने विद्यालयमा हाल २०० भन्दाबढी विद्यार्थी रहेका व्यवस्थापन समितिका अध्यक्ष बूढाथोकीले बताए ।

भौगोलिक रुपमा विकट, अनाथ, विपन्न र अपायकपर्ने ठाउँका ५२ जना विद्यार्थीलाई झिनडाँडामा रहेको छात्राबासमा निःशुल्क आवास सुविधा प्रदान गरिएको उनले बताए । छात्रावासमा नौ जना शिक्षक कर्मचारीले पनि आवासीय सुविधा पाएका छन् ।

धवलागिरिकै पुरानो मध्यममा पर्ने हेम नमुना मावि परिसरको खोल्साको बाढी व्यवस्थापनका लागि चालु आर्थिक वर्ष २०८३÷०८४ मा कार्यान्वयन हुनेगरी थप रु ४० लाख बजेट पनि विनियोजन भएको गाउँपालिकाले जनाएको छ ।

बेलायतमा दर्ता भएको अन्तरराष्ट्रिय परोपकारी संस्था पहार ट्रसले म्याग्दीलगायत नेपालका ग्रामीण तथा दुर्गम क्षेत्रमा विद्यालय भवन निर्माण, स्वास्थ्य सेवा, खानेपानी तथा सरसफाइ र शैक्षिक सुधारका क्षेत्रमा काम गर्दै आएको छ । यसअघि मालिका गाउँपालिका–५ पन्थोकको भीम मावि, मगरदाङको गौबमबस्त मावि र ६ दरबाङको जनप्रिय माविमा पनि संस्थाको सहयोगमा कक्षाकोठा भवन निर्माण भएका थिए ।