काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कमला स्नानका तीर्थयात्रीका लागि विशेष रेल सेवा सञ्चालन हुने

273
shares

जनकपुर। कमला नदीमा पूर्णिमा व्रत तथा कार्तिक स्नान गर्न जाने श्रद्धालु भक्तजनको सुविधाका लागि नेपाल रेल्वे कम्पनीले मङ्सिर ८ गते जयनगर–जनकपुर–भङ्गहा रेलखण्डमा विशेष रेल सेवा सञ्चालन गर्ने भएको छ ।

नेपाल रेल्वे कम्पनी लिमिटेडको केन्द्रीय कार्यालय जनकपुरधामले सूचना जारी गरी मङ्सिर ८ गते एक दिनका लागि यात्रुको चाप र आवश्यकताअनुसार रेल सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइएको जनाएको छ ।

कमला नदीमा स्नान गर्न जाने श्रद्धालुको आवागमन सहज बनाउने उद्देश्यले विशेष रेल सेवा सञ्चालन गर्न लागिएको कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिए ।

कम्पनीका अनुसार मङ्सिर ९ गतेदेखि भने यसअघि सञ्चालन हुँदै आएको नियमित समयतालिकाअनुसार नै रेल सेवा सञ्चालन हुनेछ । कमला नदीमा पूर्णिमा व्रत तथा कार्तिक स्नानका अवसरमा धनुषा, सिरहासहित विभिन्न जिल्लाबाट ठूलो सङ्ख्यामा श्रद्धालु भक्तजन पुग्ने भएकाले उनीहरूको यात्रालाई सहज बनाउन विशेष रेल सेवा सञ्चालन गर्न लागिएको हो ।

कम्पनीले सम्बन्धित सबै पक्षलाई विशेष रेल सेवाबारे जानकारी गराउँदै निर्धारित मितिमा सेवा उपयोग गर्न अनुरोध गरेको छ ।