काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अनेसासको अध्यक्षमा पाण्डेय निर्वाचित

357
shares

वासिङ्गटन ।प्रवासमा रहेका नेपाली भाषा र साहित्यको क्षेत्रका क्रियाशील साहित्यकारको संस्था अन्तरराष्ट्रिय साहित्य समाज अनेसासको बोर्ड अफ ट्रष्टीको अध्यक्षमा तीर्थराज पाण्डेय निर्विरोध निर्वाचित भएको छन् ।

निर्वाचन समितिले सोमबार जारी गरेको सूचनाअनुसार उपाध्यक्षमा राम खत्री, महासचिवमा प्रकाश नेपाल र कोषाध्यक्षमा नेत्रबन्धु पोख्रेल निर्वाचित भएको छन् । यसैगरी सदस्यमा ईश्वरी भट्ट, सन्ध्या पहाडी र नीलकण्ठ सुवेदी निर्वाचित हुनुभएको छ । निर्वाचित समितिको चार वर्षे कार्यकाल रहने विधानमा व्यवस्था छ ।

अध्यक्ष पाण्डेयले निर्वाचित भएपछि राससलाई प्रतिक्रिया दिँदै भन्े, “अनेसासको मर्म र भावनाअनुसार काम गर्न थप उत्प्रेरित गरेको छ, प्रवासी भूमिमा साहित्य लेखनमा क्रियाशीललाई थप सशक्त र गोलबद्ध गराउन विशेष पहल गर्नेछु ।” अनेसासका विश्वभरि दर्जनौँ च्याप्टरमा तीन हजारभन्दा बढी आजीवन सदस्य रहेका छन् ।