गृहपृष्ठ नेपाली जनसम्पर्क समिति फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न

नेपाली जनसम्पर्क समिति फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न

नेपाली जनसम्पर्क समिति फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न

पेरिस, फ्रान्स । नेपाली जनसम्पर्क समिति फ्रान्सको तेस्रो अधिवेशनले शिवराम भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । ९ अगस्ट २०२६ मा पेरिसमा सम्पन्न अधिवेशनले संस्थाको विधानअनुसार भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

निवर्तमान सभापति सुधीर रानाको सभापतित्वमा सम्पन्न उद्घाटन सत्र संस्थापक सभापति निर्मल अर्यालले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय गान बजाइनुका साथै लोकतान्त्रिक आन्दोलनका ज्ञात–अज्ञात सहिद तथा संस्थापक संरक्षक स्वर्गीय किरणचन्द्र सिंह प्रधानको स्मृतिमा एक मिनेट मौनधारण गरिएको थियो ।

अधिवेशनमा केन्द्रीय निर्वाचन प्रतिनिधि ध्रुवराज पौडेल प्रमुख अतिथि तथा केन्द्रीय पर्यवेक्षक अंकील ओली विशिष्ट अतिथिका रूपमा सहभागी भएको थियो । निर्वाचन संयोजक सुवर्णविक्रम हमालको संयोजनमा निर्वाचन प्रक्रिया निष्पक्ष, पारदर्शी र संस्थाको विधानअनुसार सम्पन्न भएको जनाइएको छ ।

अधिवेशनमा एनआरएनए फ्रान्सका पूर्वमहासचिव एवं जनसम्पर्क समितिका पूर्वमहामन्त्री कमलबिक्रम केसी, एनआरएनए फ्रान्सका पूर्वउपाध्यक्ष चेनभक्त ढुंगाना, वरिष्ठ पत्रकार दीपक चालिसे तथा संस्थापक कोषाध्यक्ष देविजङ्ग गुरुङलगायतको उपस्थिति थियो ।

कार्यक्रममा संस्थापक नेतृत्वले प्रवासमा रहेका नेपालीलाई एकताबद्ध बनाउन नेपाली जनसम्पर्क समितिको भूमिका महत्वपूर्ण रहेको बताउँदै नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेको थियो ।

दुई कार्यकाल सफलतापूर्वक पूरा गरी नेतृत्व हस्तान्तरण गर्नुभएका निवर्तमान सभापति सुधीर रानाले आफ्नो कार्यकालका अनुभव साझा गर्दै नयाँ कार्यसमितिलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

नवनिर्वाचित सभापति शिवराम भण्डारीले संस्थाको गरिमालाई थप उचाइमा पुर्‍याउँदै फ्रान्सस्थित नेपाली समुदायको हकहित, एकता तथा लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणका लागि आफ्नो नेतृत्वको टोली निष्ठापूर्वक क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।

नयाँ कार्यसमितिको वरिष्ठ उपसभापतिमा कृष्ण गुरुङ, उपसभापतिमा विकास केसी र सुजन राज भट्ट तथा महामन्त्रीमा सुशिल भण्डारी चयन भएको छ । सहमहामन्त्रीमा विवेक धमला र कोषाध्यक्षमा दिपेन्द्र दाहाल चयन भएको छ ।

त्यसैगरी कार्यसमिति सदस्यमा सचिन सेन, सागर गुरुङ र चिरञ्जीवी सापकोटा निर्वाचित हुनुभएको महामन्त्री सुशिल भण्डारीले जानकारी दिए ।

प्रकाशित समय : २०:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु