गृहपृष्ठ फोनपे क्रेडिट कार्डका प्रयोगकर्ता दुई वर्षमै ५० हजार नाघे

फोनपे क्रेडिट कार्डका प्रयोगकर्ता दुई वर्षमै ५० हजार नाघे

फोनपे क्रेडिट कार्डका प्रयोगकर्ता दुई वर्षमै ५० हजार नाघे

काठमाडौं । फोनपे क्रेडिट कार्डले सुरुवात भएको दुई वर्षभन्दा केही समयमै ५० हजार प्रयोगकर्ता पार गरेको छ। फोनपेले यो उपलब्धिलाई नेपालको डिजिटल वित्तीय क्षेत्रमा महत्वपूर्ण कोशेढुंगाका रूपमा प्रस्तुत गरेको छ।

कम्पनीका अनुसार पछिल्लो समय छिटो, सहज, पहुँचयोग्य तथा प्रविधिमैत्री कर्जा समाधानप्रति उपभोक्ताको माग बढ्दै गएको छ। फोनपे क्रेडिट कार्डका प्रयोगकर्ताको संख्या ५० हजार नाघ्नुले डिजिटल क्रेडिटप्रति उपभोक्ताको विश्वास बढ्दै गएको देखाएको कम्पनीको भनाइ छ।

नेपालको मोबाइल बैंकिङ एपमै प्रत्यक्ष रूपमा एकीकृत गरिएको भर्चुअल क्रेडिट कार्डका रूपमा फोनपे क्रेडिट कार्डले ग्राहकलाई क्रेडिट सुविधा प्राप्त गर्ने र प्रयोग गर्ने प्रक्रियालाई सहज बनाएको कम्पनीले जनाएको छ।

हाल सिटिजन्स बैंक इन्टरनेसनल, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, सिद्धार्थ बैंक, एभरेस्ट बैंक, गरिमा विकास बैंक, महालक्ष्मी विकास बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र मञ्जुश्री फाइनान्स गरी नौ साझेदार बैंक तथा वित्तीय संस्थाका मोबाइल बैंकिङ एपमार्फत ग्राहकले तत्काल आवेदन दिन, कार्ड प्राप्त गर्न र सक्रिय गर्न सक्ने व्यवस्था छ।

फोनपे क्रेडिट कार्डमार्फत ग्राहकले देशभर रहेका २० लाखभन्दा बढी फोनपे क्यूआर मर्चेन्टमा स्क्यान गरी भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ।

फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारका अनुसार नेपालमा परम्परागत क्रेडिट कार्डको इतिहास करिब ३६ वर्ष लामो भए पनि हालसम्म यसको संख्या ३ लाखभन्दा केही बढी रहेको छ। त्यसको तुलनामा फोनपे क्रेडिट कार्डले दुई वर्षमै ५० हजार प्रयोगकर्ता पार गर्नु महत्वपूर्ण उपलब्धि भएको उनको भनाइ छ।

उनले यो उपलब्धि केवल प्रयोगकर्ताको संख्या बढेको विषय नभई क्रेडिटको पहुँचलाई थप विस्तार गर्दै विशेषाधिकार प्राप्त वर्गमा सीमित नराखी बढीभन्दा बढी नेपालीसम्म पुर्‍याउने प्रयास भएको बताए।

“फोनपे क्रेडिट कार्डले क्रेडिटको पहुँचलाई उल्लेखनीय रूपमा विस्तार गर्दै यसलाई थप समावेशी र पहुँचयोग्य बनाउने प्रयास गरेको छ,” उनले भने, “यो कोशेढुंगाले नेपाल डिजिटल क्रेडिटतर्फ तीव्र गतिमा अघि बढिरहेको संकेत गर्छ।”

फोनपेले डिजिटल युगका लागि क्रेडिटको अवधारणालाई पुनःपरिभाषित गर्ने लक्ष्य राखेको जनाएको छ। कम्पनीका अनुसार क्रेडिट कार्ड प्राप्त गर्ने प्रक्रिया स्क्यान गरेर भुक्तानी गरेजत्तिकै सहज बनाउने उद्देश्यले सेवा विस्तार भइरहेको छ।

फोनपे क्रेडिट कार्डको विस्तारमा साझेदार बैंकहरूको सहकार्य महत्वपूर्ण रहेको कम्पनीले जनाएको छ। ग्राहकका अपेक्षा तत्काल, कागजरहित र डिजिटल बैंकिङ अनुभवतर्फ परिवर्तन भइरहेका बेला यस्तो सेवाले नेपालमा ‘एम्बेडेड फाइनान्स’ को विकासलाई समेत गति दिएको फोनपेको दाबी छ।

आगामी दिनमा बैंकहरूसँगको सहकार्य थप मजबुत बनाउँदै उत्पादनमा निरन्तर नवप्रवर्तन र ग्राहक अनुभवमा सुधार गर्ने फोनपेले जनाएको छ। कम्पनीले लाखौँ नेपालीसम्म डिजिटल क्रेडिटको पहुँच विस्तार गर्ने लक्ष्यसमेत अघि सारेको छ।

फोनपे क्रेडिट कार्ड सहभागी बैंक तथा वित्तीय संस्थाका मोबाइल बैंकिङ एपमा एकीकृत गरिएको भर्चुअल क्रेडिट कार्ड समाधान हो। यसमार्फत ग्राहकले भौतिक कार्डबिना नै डिजिटल माध्यमबाट आवेदन दिन, कार्ड प्राप्त गर्न तथा अनलाइन र स्टोरमा हुने भुक्तानीका लागि प्रयोग गर्न सक्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ।

प्रकाशित समय : २०:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु