काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

संसदका चार समितिको बैठक बस्दै, विभिन्न विधेयकमा छलफल हुने

1.41K
shares

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाका चार समितिको बैठक आज बस्ने भएको छ । अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक मंगलबार बस्ने भएको हो । बैठकमा विभिन्न विधेयक, आयोजना तथा उजुरीमाथि छलफल हुने कार्यसूची छ ।

अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ माथि दफावार छलफल गरिनेछ ।

यस्तै, महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ९ बजे बस्नेछ । बैठकमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथि दफावार छलफल हुनेछ ।

त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा चलचित्र विधेयक, २०८१ माथि संशोधनकर्ता सांसदहरूसँग छलफल गरिने कार्यसूची छ ।

सार्वजनिक लेखा समितिको बैठक बिहान ९ः३० बजे बस्नेछ । बैठकमा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाबारे छलफल हुनेछ । यस्तै, नेपाल विद्युत् प्राधिकरणको डिजिटल सञ्चार सञ्जाल र स्काडा प्रणाली विस्तारसम्बन्धमा समितिमा प्राप्त उजुरीमाथि पनि छलफल गरिनेछ ।