काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

रोजाइमा चंखेली हिमाल

798
shares

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका १४ मा रहेको चंखेली हिमाल आन्तरिक पर्यटकको रोजाइमा परेको छ । हिमालको फेदसम्म सडक सञ्जाल जोडिएपछि हिमाल चढ्ने र घुम्नेको आन्तरिक पर्यटकहरुको रोजाईमा परेको हो ।

चंखेली हिमाल समुन्द्री सतहदेखि ४ हजार २ सय भन्दा मिटरको उचाइमा छ । विशेषगरी यो हिमालको मुख्य विशेषता शिखरमा पुगेपछि रारा, चुचेमार, मुर्माटप, हुम्ला, जुम्ला, बाजुरालगायतका पाँच जिल्लाका शैपाल हिमाल, कान्जिरोवा, सत्यदेबीको अन्तिम अंग खसेको स्थान छायानाथ धाम, बाम गाउँको भेषभुषा वा रितिरिवाजलगायत अन्य बिभिन्न बस्तुहरुको अध्ययन अवलोकन गर्न सकिन्छ ।

साथै, कस्तुरी, घोर, डाफे, कालीजलगायतका पशुपक्षीलगायत बिभिन्न प्रजातिका बनस्पतीहरुको अध्ययन अवलोकान गर्न सकिन्छ ।

राजा वीरेन्द्र शाहले २०३५ सालमा शिकार खेल्ने हिमाल भनेर चिनिएको यो हिमाल नेपाली एक रुपैंयाँको नोटमा समेत अंकित छ ।

गमगढी बजारदेखि गाडी र मोटर साइकलमाबाट हिमालको फेदसम्म पुग्न दुई घण्टा ४५ मिनेट लाग्छ भने फेदीदेखि चंखेली हिमालसम्म पुग्न २ घण्टा ४५ मिनेट पैदल यात्रा गर्न सकिने स्थानीयको भनाइ छ ।

रारासँग जोडिएको चंखेली पर्यटकको महत्वपूर्ण गन्तव्य मानिन्छ । पछिल्लो समय सडक सञ्जालले छोएको छ ।

विश्वका चार धाममध्ये एक धाम छायानाथ धाम भएको र धार्मिक पर्यटन क्षेत्र पनि भएको हुँदा रारा घुम्न आउने पर्यटकले एक पटक चंखेली हिमाल पुग्नैपर्ने आन्तरिक पर्यटक मन् बहादुर बुढाले बताए ।

हिमालको टुप्पोबाट देखिने विभिन्न स्थानका दृश्य अवलोकन गर्न पाएपछि सबै कुराहरु भुलेर अन्य अनुभुति हुने गरेको समेत बुढाले बताए ।

धेरै पर्यटकीय क्षेत्र मध्ये चंखेलीको विशेषता निकै फरक रहेको राज्यका तीनै तहका सरकारले गमगढीदेखि चंखेलीसम्मको सडकको स्तरोन्नती, विश्राम वा आराम स्थल निर्माण गरी प्रचार प्रचार गर्नमा जोड दिएपछि चंखेली पुग्ने पर्यटकहरुको संख्या बढेको उद्योग वाणिज्य संघ मुगुका अध्यक्ष कमल बहादुर बुढाले बताए ।

गत वैशाखदेखि हालसम्म १५ हजार भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकले हिमालको अवलोकन गरेको छाँयानाथ रारा नगरपालिका वडा नम्बर १४ का वडा अध्क्षय जुन बहादुर खड्काले बताए ।

पर्यटन प्रवद्र्धनमा स्थानीय, प्रदेश, संघ सरकारले भौतिक पूर्वाधारलगायतका अन्य पूर्वधारमा सहयोग गरेको भए पर्यटकको आकर्षण बढ्ने छाँयानाथ रारा नगरपालिका १४ का रत्न बढुवालले बताए ।

चंखेली हीमालमा घुम्नको लागी विशेषगरी जुम्ला, हुम्ला र मुगु जिल्लाका विभिन्न ठाउँबाट युवाहरू बढी आउने गरेका छन् ।

बिषेशगरी सरकारी बिदाको दिन कर्मचारी एवम युवाहरु बास बस्नेगरी घुम्न आउने हिमालको पुगेर रमाउने र फेदीका होटलहरूमा बास बस्नेगरी पर्यटकहरू आउने गरेका होटल व्यवसायी दलसिंह बुढा बताउँछन् ।