nmb bank

गृहपृष्ठ नाइमाको समन्वयमा हाइब्रिड सवारीसाधन मर्मतसम्भारसम्बन्धी प्राविधिक तालिम सम्पन्न

नाइमाको समन्वयमा हाइब्रिड सवारीसाधन मर्मतसम्भारसम्बन्धी प्राविधिक तालिम सम्पन्न

नाइमाको समन्वयमा हाइब्रिड सवारीसाधन मर्मतसम्भारसम्बन्धी प्राविधिक तालिम सम्पन्न

काठमाडाैं । नाइमाको समन्वयमा आयोजित हाइब्रिड सवारीसाधनको मेकानिजम, सुरक्षा तथा मर्मतसम्भार सम्बन्धी प्राविधिक तालिम काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको छ।

विश्वव्यापी अटोमोबाइल ब्रान्ड टोयोटाका नेपालका लागि आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा. लि. को प्राविधिक सहयोगमा काठमाडौंस्थित केन्द्रीय कार्यालयमा उक्त तालिम आयोजना गरिएको हो।

यस कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभिटी) अन्तर्गत बालाजु इञ्जिनियरिङ तथा प्रविधि विद्यालयका डिप्लोमा तह पाँचौँ सेमेस्टरका विद्यार्थीहरू तथा ट्राफिक चालकसहित २५ भन्दा बढी सहभागीहरूको उपस्थिति रहेको थियो, जसलाई लक्षित गरी हाइब्रिड सवारीसाधन प्रविधिसम्बन्धी विशेष प्राविधिक तालिम प्रदान गरिएको हो।

तालिमका सहभागीहरूले हाइब्रिड सवारीसाधनको मेकानिजम, सुरक्षा तथा मर्मतसम्भार सम्बन्धी महत्वपूर्ण ज्ञान तथा प्रायोगिक सीप हासिल गरेका छन्।

सहभागीहरूले गत चैत्र महिनामा लक्ष्मी हुन्डाईमा आयोजित विद्युतिय सवारीसाधन संयन्त्र सम्बन्धी ३ दिने तालिममा पनि सहभागिता जनाएका थिए।

साथै, हाइब्रिड सवारीसाधन संयन्त्रमा केन्द्रित नाइमा मोबिलिटी संवाद कार्यक्रममा समेत सहभागी भई नीतिगत तथा प्राविधिक विषयमा थप जानकारी हासिल गरेका थिए। यसरी, विद्युतियदेखि हाइब्रिड प्रविधिसम्मको ज्ञानलाई चरणबद्ध रूपमा जोड्दै सहभागीहरूको समग्र प्राविधिक क्षमता अभिवृद्धि गर्ने प्रयास गरिएको नाइमाले जनाएको छ।

प्रकाशित समय : २०:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु