काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

डेविड मिलर, वाट र तलात सगरमाथाको आधार शिविरमा

336
shares

काठमाडौं । कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग खेलेका तीन चर्चित खेलाडीहरुले सगरमाथाको आधार शिविरको अवलोकन गरेका छन् ।

दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेविड मिलर, पाकिस्तानका अलराउन्डर हुसैन तलात र स्कटल्यान्डका मार्क वाटले विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरको भ्रमण गरेको कर्णाली याक्सले जनाएको छ ।

मिलरले विश्वको सर्वोच्च शिखरको अनुभव निकै रमाईलो र अविस्मरणीय भएको बताएका छन् ।

कर्णाली याक्स स्पोट्र्स प्रा.लीका अध्यक्ष गृहेन्द्र घिमिरेले नेपालमा पर्यटन प्रवर्धन गर्न विश्वस्तरीय खेलाडी अनुबन्ध गरेको र सोहीअनुसार तीन खेलाडीलाई आधार शिविरमा पुर्याएको बताएका छन् ।

उनले भने, ‘नेपालको पर्यटन प्रवर्धनमा टेवा पुग्छ भनेर नै हामीले विश्व चर्चित डेविड मिलरजस्ता खेलाडीलाई एनपिएलमा ल्याएका हौं । सोहीअनुसार टिममा आवद्ध भएका खेलाडीलाई हामीले आधार शिविर अवलोकन गराएका छौं ।’