काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पाथीभरामा एकै दिन ११ हजारभन्दा बढी भक्तजन

1.01K
shares

ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा शनिबार ११ हजार २७२ जना भक्तजनले दर्शन गरेका छन् । प्रतिकुल मौसमका बावजुद पुजा गर्ने यो समय मूख्य भएकोले पाथीभरामा भक्तजनहरुको भिड लाग्न थालेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङपाङले बताए ।

यसअघि शुक्रबार तीन हजार ६२३ जना भक्तजनले पाथीभरामा दर्शन गरेका थिए ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार नेपालको विभिन्न जिल्लाबाट भक्तजनहरु पाथीभरा दर्शन गर्न आइरहेका छन् । त्यस्तै, नेपालबाहिर भारतको सिक्किम, दार्जिलिङलगायतका ठाउँबाट समेत भक्तजनहरु पाथीभरा दर्शन गर्न आइरहेका कार्यकारी निर्देशक हाङ्बाङले जानकारी दिए ।

पाथीभरा पुग्नका लागि यातायातका साधनमार्फत काफ्ले पाटी सम्म सहजरुमा पुग्न सकिन्छ । काफ्ले पाटीकाट पाँच किलोमिटर पदमार्ग प्रयोग गरेर धामसम्म पुग्न सकिन्छ । पाँच किलोमिटर उकालो बाटो भएकाले हिड्न नसक्नेहरुको लागि सहयोगीको समेत व्यवस्था छ ।

समुद्री सतहदेखि तीन हजार ७९४ मिटरको उचाइमा अवस्थित शक्तिपीठ पाथीभराको दर्शन गरेमा सोचे चिताएको मनोकांक्षा पूरा हुने विश्वास रहेकाले स्वदेश तथा विदेशबाट भक्तजन आउने गरेका समितिले जनाएको छ ।