गृहपृष्ठ तीन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता खेल्ने टोलीको बिदाइ
तीन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता खेल्ने टोलीको बिदाइ
काठमाडौं । इन्टरनेशनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) को नेपाल च्याप्टरले तीन छुट्टा–छुट्टै अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता खेल्ने नेपाली टोलीलाई बिदाइ गरेको छ ।
आइओएफटिसीले शुक्रबार एक कार्यक्रम आयोजना गर्दै तीनै वटा टोलीलाई केल्मी ब्रान्डको ट्रयाकसुट प्रदान गर्दै बिदाइ गरेको हो ।
यही अप्रिल २४ देखि २६ सम्म हुने जापानमा हुने वाता ओपन तेक्वान्दो च्याम्पियनसिपमा नेपालका प्रविण श्रेष्ठ, सन्देश अधिकारी र गणेशबहादुर खड्काले प्रतिस्पर्धा गर्दैछन् । यो प्रतियोगिताको टोली प्रमुखमा गिरिबहादुर सुनार छन् । सुनार आइओएफटिसी नेपालका महासचिव समेत हुन् ।
यस्तै मे २ देखि ३ सम्म आयोजना हुने मलेसिया ओपन तेक्वान्दोमा सन्दीप न्यौपाने र अफिसियलको रुपमा दिवाकर केसीले सहभागिता जनाउँदैछन् ।
मे २ देखि ५ सम्म चीनमा हुने हाइनान अन्तर्राष्ट्रिय ओपन च्याम्पियनसिपमा नेपालका भिजन तामाङ, सन्दीप बस्नेत, आयुश बोहराले प्रतिस्पर्धा गर्नेछन् । इन्द्रराज खड्का अफिसियलको रुपमा सहभागी हुनेछन् ।
प्रकाशित समय : २०:५१ बजे



















