गृहपृष्ठ सिटिजन लाइफलाई अन्तर्राष्ट्रिय मायता, आईएसओ ९००१: २०१५ प्रमाणीकरण प्राप्त
सिटिजन लाइफलाई अन्तर्राष्ट्रिय मायता, आईएसओ ९००१: २०१५ प्रमाणीकरण प्राप्त
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले गुणस्तरीय सेवा, प्रभावकारी व्यवस्थापन प्रणाली तथा ग्राहक सन्तुष्टिप्रतिको आफ्नो प्रतिबद्धतालाई थप सुदृढ बनाउँदै आईएसओ ९००१ : २०१५ प्रमाणीकरण प्राप्त गरेको छ ।
उक्त प्रमाणीकरण युनाइटेड रजिस्ट्रर अफ सिस्टम (यूआरएस) तथा यूकेएएस म्यानेमेन्ट सिस्टममार्फत प्रदान गरिएको हो । यो अन्तर्राष्ट्रिय स्तरको गुणस्तर व्यवस्थापन प्रणाली प्रमाणीकरणले सिटिजन लाइफले आफ्ना सेवा, सञ्चालन प्रक्रिया तथा व्यवस्थापन प्रणालीलाई विश्वस्तरीय मापदण्ड अनुरूप सञ्चालन गरिरहेको पुष्टि गर्दछ ।
यस प्रमाणीकरणले कम्पनीको कार्यप्रणालीमा पारदर्शिता, दक्षता तथा निरन्तर सुधारको संस्कृतिलाई संस्थागत बनाउँदै ग्राहकहरूलाई अझ भरपर्दो, छिटो, छरितो तथा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धतालाई सुदृढ बनाएको छ ।
विशेषगरी बीमा दाबी भुक्तानी, ग्राहक सेवा प्रवाह तथा आन्तरिक व्यवस्थापन प्रणालीमा उच्च स्तरको अनुशासन र एकरूपता कायम गर्न यो उपलब्धिले महत्वपूर्ण योगदान पुर्याउने विश्वास कम्पनीले लिएको छ ।
यस उपलब्धिले कम्पनीको सेवा गुणस्तर र स्थिरतालाई थप सुदृढ बनाउनुका साथै ग्राहक सन्तुष्टि र विश्वास अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्याउने कम्पनीले जनाएको छ ।
यसका अतिरिक्त, नियामक निकायहरूको मापदण्डसँग थप सुसंगतता कायम गर्दै संस्थागत सुशासनलाई मजबुत बनाउने तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा कम्पनीको पहिचान र विश्वसनीयता अझ उचाइमा पुर्याउने विश्वास कम्पनीले लिएको छ।
प्रकाशित समय : २०:४१ बजे



















