गृहपृष्ठ Tag: मृत्यु
नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैंडाकोट नगरपालिकामा रहेको पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । गैँडाकोट–३ स्थित तात्रीबासको सिँचाइ पोखरीमा डुबेर शुक्रबार दुई बालकको मृत्यु भएको वडाध्यक्ष शिवकान्त तिवारीले जानकारी दिए । पोखरीमा डुबेका करिब १३/१४ वर्षका दुई बालकको सनाखत हुनसकेको छैन...
झापामा एक जना युवक र एक जना युवती मृत फेला परेका छन् । आज बिहान कचनकवल गाउँपालिका–४ केचनामा उनीहरू मृत भेटिएको प्रहरीले जनाएको छ । एभरेष्ट चिया बगानमा उनीहरू मृत भेटिएका हुन् । दुवै जना झुण्डिएको अवस्थामा मृत फेला परेको...
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ११ झुप्राखोलास्थित रत्न राजमार्गमा अनियन्त्रित भएर जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा जिप चालक वीरेन्द्रनगर नगरपालिका–७ का २७ वर्षीय सागर शाही, दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, दैलेख...
अमेरिकामा हिमआँधीमा परेर कम्तीमा ३८ जनाको मृत्यु भएको छ । हिमआँधीका कारण कान्सास, नेब्रास्का, ओहायो, न्युयोर्क, ओक्लाहोमा, केन्टकी, मिजौरी, टेनेसीलगायतका राज्यमा ३८ जनाको मृत्यु भएको हो । आँधीबाट न्युयोर्कको बफेलो सहर सबैभन्दा बढी प्रभावित छ । बफेलोको नियाग्रा अन्तर्राष्ट्रिय विमानस्थलमा...
झापामा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ जिल्ला बेलबारी नगरपालिका–८ निवासी ५८ वर्षीया तुलसादेवी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमल गाउँपालिका–५ मा दक्षिणबाट राजमार्गमा निस्किएर...
घरमा आगलागी हुँदा पाँचथरको फिदिम नगरपालिका १३ लुङरुपाका एक वृद्धाको ज्यान गएको छ । ९१ वर्षीया सुखरानी नेम्वाङको जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । आगो तापिरहेको बेला शरीरमा आगो सल्केर नेम्वाङको बुधबार बिहान ८ बजेतिर निधन...
सल्यानमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । शारदा नगरपालिका १० पैयाखर्क घर भएका ५० वर्षीय झुपबहादुर बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घरमा रहेको मसला पिस्ने मिल चलाउँदा करेन्ट लागेर सोमबार साँझ ५ बजेतिर घटनास्थलमै बुढाको...
बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पाटन नगरपालिका–१० मा शुक्रबार बिहान भएको जिप दुर्घटनामा परी चालकको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा जिप चालक डडेलधुराको नवदुर्गा गाउँपालिका–५ का ३६ वर्षीय तेजबहादुर साउद रहेका प्रहरीले जनाएको छ...
पुलबाट ट्रक खस्दा चालकको मृत्यु भएको छ । मंगलबार मुग्लिनबाट नारायणगढका लागि छुटेको बा२ख ७४६२ नम्बरको खाली ट्रक पुलमुनि खस्दा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार मृत्यु हुनेमा ट्रक चालक धादिङका सन्तबहादुर राई हुन्...














