गृहपृष्ठ इन्डोनेसियाको जङ्गलमा लागेको आगलागीका कारण विद्यालय बन्द
इन्डोनेसियाको जङ्गलमा लागेको आगलागीका कारण विद्यालय बन्द
एल निनोेका कारण लामो र तीव्र सुक्खा मौसमको सुरुमा द्वीपसमूहमा फैलिएको डढेलोले फैलिएको विषाक्त धुवाँबाट दर्जनौँ इन्डोनेसियाली विद्यालयहरू मङ्गलबार पनि दोस्रो दिनको लागि बन्द गरिएको जनाइएको छ ।
इन्डोनेसियाले मलेसिया र ब्रुनाईसँग साझेदारी गरेको बोर्नियो टापुको पश्चिम कालिमान्टनमा पोन्टियानाकका मेयरले अन्य ठाउँमा भएको आगलागीका कारण सहरमा विषाक्त धुवाँ फैलिएको कारण विद्यालयहरू बन्द गर्ने आदेश दिएको जनाइएको छ ।
हावाको गुणस्तर खराब हुँदासम्म बालबालिकाले घरबाट नै सिक्ने व्यवस्था गरिएको मेयर एडी रुस्दी काम्टोनोले विज्ञप्तिमार्फत बताउनुभयो । कति विद्यालयले प्रभावित भए पनि यसबारे सूचना प्रवाह नगरेको बताउँदै पोन्टियानाक सहरलाई धुवाँले ढाकेको महसुस गर्न थालेको बताइएको छ ।
जाभा टापुमा अग्नि नियन्त्रकहरूले गत हप्ता लागेको आगोमा ९०० हेक्टर क्षेत्र प्रभावित भएको र राष्ट्रिय निकुञ्जमा नवौँ दिनपछि मात्र आगो नियन्त्रणमा लिएको जनााइएको छ ।
आगलागीका कारण प्रमुख पर्यटकीय आकर्षणको केन्द्र ब्रोमो टेङ्गर सेमेरु राष्ट्रिय निकुञ्ज शनिबारदेखि आगन्तुकहरूका लागि बन्द गरिएको जनाइएको छ भने ५० हजार अग्नि नियन्त्रकहरूलाई तैनाथ गरी डढेलो नियन्त्रण गरिएको उल्लेख गरिएको छ ।
इन्डोनेसियाले यसवर्ष एल निनो मौसमी घटनाका कारण खडेरी र डढेलोको उच्च जोखिमका साथ असामान्य रूपमा कठिन सुक्खा मौसमको सामना गर्ने पूर्वानुमान गरिएको बीएमकेजी मौसम विज्ञन विभागले जनाएको छ ।
यस वर्ष अहिलेसम्म देशव्यापी रूपमा एक लाख सात हजार हेक्टरभन्दा बढी जमिन आगलागीका कारण प्रभावित भएको जनाइएको छ ।
देशव्यापीरूपमा फैलिएको आगलागीका बाबजुद अधिकारीहरूले खाद्यान्नको पर्याप्त भण्डार रहेको कुरामा जोड दिएका छन् ।
गत जुलाईमा पूर्वी जाभाको ब्रोमो पार्कमा लागेको आगलागीले मङ्गलबार बिहानसम्म लगभग ९०० हेक्टरभन्दा बढी जमिन क्षतिग्रस्त बनाएको जनाएको छ । यो एक हजार २०० भन्दा बढी फुटबल मैदान र पार्क क्षेत्रको लगभग दुई प्रतिशत बराबर क्षेत्रफल रहेको जनाइएको छ ।
स्थानीय विपद् अधिकारी सत्रियो नर्सेनोलाई उदृत गर्दै एएफपीले यस क्षेत्रलाई चिस्याउन र आगो नियन्त्रण गर्न सक्दो प्रयास गरिरहेको र उपलब्ध सबै उपकरण परिचालन गरिरहेको जनाएको छ ।
तीनवटा पानी–बम विष्फोटक हेलिकप्टर र फायर ट्रकहरूले लगभग २०० अग्निनियन्त्रक, वन रेन्जर्स, प्रहरी र सैनिकहरूले आगो निभाउन सहयोग गरिरहेका थिए ।
बिएनपिबी विपद् विभागका अनुसार छ वटा प्रान्तमा आगो निभाउन ४८ हजारभन्दा बढी कर्मचारी तैनाथ गरिएको छ ।
रक्षामन्त्री जामारी चानियागोले सोमबार इन्डोनेसियाले ४३ वटा हेलिकप्टर र १५ वटा फिक्स–विङ विमान क्लाउड सिडिङका लागि आवश्यक ठाउँमा तैनाथ गरेको बताउनुभयो ।
यस प्रक्रियामा बादलको उपस्थिति अनिवार्य हुन्छ । विमानबाट सिल्भर आयोडाइड र नुनजस्ता सूक्ष्म कण बादलमा छर्किएर वर्षा गराउने प्रयास गरिन्छ ।
इन्डोनेसियाले एल निनोको सबैभन्दा खराब प्रभावका लागि तयारी गरिरहेको बेला बीएमकेजीले जुलाईमा औसत हावाको तापक्रम २७ डिग्री सेल्सियस रहेको र यो औसत २६।२ डिग्री सेल्सियसभन्दा बढी रहेको बताएको छ । साथै यो सन् १९९१ पछि जुलाईमा भएको सबैभन्दा उच्च तापक्रम थियो ।
एल निनो प्राकृतिक रूपमा हुने जलवायु घटना हो । यसले हावा, हावाको चाप र वर्षाको ढाँचामा विश्वव्यापी परिवर्तन ल्याउँछ । भारत र दक्षिणपूर्व एसियामा यसले सामान्यतया सुक्खा अवस्थाहरू निम्त्याउँछ ।
पछिल्लो एल निनोका कारण सन् २०२३ र २०२४ विश्वभरकै अहिलेसम्मका सबैभन्दा तातो दुई वर्ष बनेका थिए । इन्डोनेसियामा यस वर्ष अहिलेसम्म डढेलोले जलेको जमिनको क्षेत्रफल सन् २०२३ को तुलनामा दोब्बर पुगेको छ ।रासस
प्रकाशित समय : २०:४७ बजे


















