गृहपृष्ठ झापाको चिया बगानमा युवकयुवती मृत भेटिए
झापाको चिया बगानमा युवकयुवती मृत भेटिए
झापामा एक जना युवक र एक जना युवती मृत फेला परेका छन् ।
आज बिहान कचनकवल गाउँपालिका–४ केचनामा उनीहरू मृत भेटिएको प्रहरीले जनाएको छ । एभरेष्ट चिया बगानमा उनीहरू मृत भेटिएका हुन् ।
दुवै जना झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झपाका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए ।
डिएसपी पाठकका अनुसार युवक अन्धाजी २५ र युवती १८ वर्षकी छन् । अहिले घटना स्थलमा प्रहरी टोली पुगेको छ ।
प्रकाशित समय : १०:१३ बजे



















