गृहपृष्ठ आयोगले तोकेको निर्धारित समय सकियो, लाइनमा बसेकाले मतदान गर्न पाउने
आयोगले तोकेको निर्धारित समय सकियो, लाइनमा बसेकाले मतदान गर्न पाउने
स्थानीय तह निर्वाचनको मतदानको लागि निर्धारित समय सकिएको छ । मतदानकाे लागि शुक्रबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म समय तोकिएकाे थियो । तर, ५ बजेभित्र लाइनमा बसेकाले भने मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।
देशभरका सबै ७५३ पालिकामा शुक्रबार स्थानीय तहको निर्वाचन भएको हो । निर्वाचनमा हालसम्म करिब ५६ प्रतिशत मतदान भएको आयोगले जनाएको छ । देशका केही स्थानमा झपड र विवाद भएपछि मतदान प्रक्रिया रोकिएको छ । केही स्थानमा पुनः सुचारु भइसकेको छ भने केही स्थानमा अर्को दिन मतदान गर्ने गरी स्थगित भएको छ ।
प्रकाशित समय : २३:०६ बजे



















