गृहपृष्ठ थप ७ जनामा कोरोना संक्रमण पुष्टि
थप ७ जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो चौबीस घण्टामा नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार १४८ पीसीआर परीक्षणका क्रममा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार २८९ एन्टिजेन परीक्षणका क्रममा भने कसैमा पनि कोरोना संक्रमण देखिएको छैन । कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु भएको छैन । त्यसैगरी थप १६ संक्रमित निको भएका छन् । हालसम्म नेपालमा ९ लाख ६६ हजार ८७३ जना निको भएका छन् ।
अहिले नेपालमा १६४ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित समय : २३:३९ बजे



















