गृहपृष्ठ भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न
भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न
eQmk'/, & c;f/ M eQmk'/ c:ktfnsf] !@# cf}+ jflif{sf]T;jsf] cj;/df eQmk'/ c:ktfnn] cfh cfOtaf/ eQmk'/ lhNnfdf /x]/ lqmofl;n kqsfl/tfdf ;lqmo kqsf/x?sf] lgMz'Ns :jf:Yo k/LIf0f ;DkGg kl5 c:ktfnsf] ;]jfaf/] kqsf/x?nfO{ hfgsf/L lbb} c:ktfn ljsf; ;ldltsf cWoIf 1fg/fd >]i7 . tl:j/ M /d]z lu/L, /f;;
भक्तपुर ।भक्तपुर अस्पतालको १२३औँ वार्षिकोत्सवको अवसरमा भक्तपुर अस्पतालले आज जिल्लामा रहेका क्रियाशील पत्रकारितामा सक्रिय पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ ।
बागमती प्रदेश मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमअन्तर्गत भक्तपुर अस्पतालको आयोजना तथा नेपाल पत्रकार महासङ्घ भक्तपुर जिल्ला शाखाको समन्वयमा सम्पन्न स्वास्थ्य परीक्षणमा ५१ जना क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष ज्ञानराम श्रेष्ठले जानकारी दिए ।
स्वास्थ्य परीक्षणमा मुटु, मिर्गौला, कलेजोलगायत शरीरका विभिन्न अङ्गमा हुनसक्ने रोगको परीक्षण गरिएको थियो । अस्पतालमा एक्सरे, इसिजी, युएसजी, सिबिसी, अल्ट्रासाउण्ड, लिपिड प्रोफाइललगायत विभिन्न जाँच गरिएको थियो । भक्तपुर अस्पताले विगत तीन वर्षदेखि सेवा प्रवाहमा देशभरकै अस्पतालमध्येबाट उत्कृष्ट हुँदै आएको बताउँदै अध्यक्ष श्रेष्ठले जनताको सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता पूर्ण रूपमा कार्यान्वयन भइरहेको उल्लेख गरे ।
अस्पतालले विगतका वर्षमा भक्तपुरमा रहेर कार्यक्रम गर्दै आएका क्रियाशील पत्रकारको स्वास्थ्य परीक्षण, उपचारमा सहजीकरण गरिएको बताउँदै उनले आज प्रतिव्यक्ति करिब रु तीन हजार बराबरको स्वास्थ्य परीक्षण निःुशल्क गरिएको जानकारी दिए । पत्रकारलाई रगत, दिसा र पिसाब परीक्षणको रिपोर्ट आएपछि थप उपचारको आवश्यकता भएमा अस्पतालले निःशुल्क सेवा प्रवाह गर्ने उनले बताए।
नेपाल पत्रकार महासङ्घ भक्तपुरमा अध्यक्ष सुन्दर शिल्पकारले सधैँ समाचारका लागि दौडने पत्रकारहरूले आफ्नो स्वास्थ्य परीक्षणमा ध्यान नदिइरहेको अवस्थामा शिविरले पत्रकारको स्वास्थ्य अवस्था जानकारी लिन र आवश्यक परे थप उपचारमा जान सहजीकरण गर्ने विश्वास व्यक्त गरे ।
प्रकाशित समय : १९:३० बजे



















