गृहपृष्ठ मन्दिरको पाँच लाख ५५ हजार भेटी बाढीपीडितलाई

मन्दिरको पाँच लाख ५५ हजार भेटी बाढीपीडितलाई

मन्दिरको पाँच लाख ५५ हजार भेटी बाढीपीडितलाई

बागलुङ । बागलुङ कालिका भगवती मन्दिरले पाँच लाख ५५ हजार भेठी सङ्कलन भएको रकम भोटेकोशी बाढीपीडितलाई सहयोग गरेको छ । कालिका भगवती गुठी व्यवस्थापन समितिको आज बसेको बैठकले भोटेकोशी बाढीपीडितको उद्धार र राहतका लागि मन्दिरको भेटीबापत सङ्कलित रकमबाट सहयोग गर्ने निर्णय गरेको समितिका अध्यक्ष रामबहादुर खड्काले जानकारी दिए ।

बाढीपीडितको उद्धार र राहतमा मन्दिरमा सङ्कलन भएको भेटीको रकमबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सहयोग गर्ने निर्णयअनुसार कोषमा रकम जम्मा गरिने उनले बताए । कालिका भगवती मन्दिर गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठमध्येको प्रमुख हो । मन्दिरमा वार्षिक रूपमा १० लाख भक्तजन आउने र करोडौँ भेटी सङ्कलन हुँदै आएको छ । विसं १५९१ मा स्थापना भएको यो मन्दिरमा मङ्गलबार र शनिबार विशेष पूजा हुने गर्दछ ।

प्रकाशित समय : २०:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु