गृहपृष्ठ साँझ ८ बजेपछि मात्र सबै किसिमका सवारीसाधन चल्न दिइने
साँझ ८ बजेपछि मात्र सबै किसिमका सवारीसाधन चल्न दिइने
स्थानीय तह निर्वाचनअन्तर्गत मतदान सकिएसँगै आज साँझ ८ बजेपछि सार्वजनिकसहित सबै किसिमका सवारीसाधन सञ्चालन गर्न दिइने भएको छ ।
मतदानको निर्धारित समय सकिए पनि अझै मतदाताहरू लाइनमा भएकाले साँझ ८ बजेपछि मात्रै निर्वाध रूपमा सवारीसाधन सञ्चालन गर्न दिइने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । निर्वाचन आयोगले बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदानको समय निर्धारण गरेको थियो । मतदानका लागि आज बिहान ६ बजेदेखि सबै किसिमका सवारी सञ्चालनमा रोक लगाइएको थियो ।
यस समयावधिमा ट्राफिक प्रहरीले अनाधिकृत रुपमा सञ्चालन भएका सवारी साधनलाई ‘होल्ड’ गरेको छ ।
प्रकाशित समय : ००:१५ बजे



















