global ime bank Long Banner Ad

गृहपृष्ठ झडपपछि मतपेटिका लिएर भागे स्थानीय

झडपपछि मतपेटिका लिएर भागे स्थानीय

झडपपछि मतपेटिका लिएर भागे स्थानीय

यमुनामाई गाउँपालिका-२ स्थित भिडियाही टोलमा मतपेटिका लिएर स्थानीय भागेका छन् । जनता समाजवादी पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप हुँदा आक्रोशित भिडले मतपेटिका लिएर भागेकाे हाे ।

अपरान्ह साढे ४ बजे झडपको क्रममा स्थानीयले मतदानस्थलबाट मतपेटिका लिएर भागेको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ । यद्यपि सो मतपेटिका प्रहरीले नियन्त्रणमा लिइसकेको निर्वाचन अधिकृत घनश्याम साहले बताए ।

भिडले मतपत्र च्यात्नुका साथै मतपेटिका ताेडफाेड गरेका थिए । केही मतपेटिकामा पानीसमेत खन्याइएकाे अवस्थामा फेला परेकाे थियाे । यमुनामाई गाउँपालिका-१ को चिकना जेठरहिया ‘क’ मतदान स्थलबाट समेत एउटा मतपेटिका लिएर उनीहरू भागेका थिए । साे मतपेटिका पनि प्रहरीले फर्काएकाे छ ।

साे दुवै स्थानकाे मतदान रद्द गरिएकाे जिल्ला निर्वाचन कार्यालयले जनाएकाे छ ।

प्रकाशित समय : ००:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु