गृहपृष्ठ लेबनानमा इजरायली आक्रमण रोक्न इरानले अमेरिकासँगको वार्तामा विशेष जोड दिने

लेबनानमा इजरायली आक्रमण रोक्न इरानले अमेरिकासँगको वार्तामा विशेष जोड दिने

लेबनानमा इजरायली आक्रमण रोक्न इरानले अमेरिकासँगको वार्तामा विशेष जोड दिने

इजरायल र लेबनानको सशस्त्र समूह हिजबुल्लाहबीचको चलिरहेको द्वन्द्व स्विट्जरल्याण्डमा अमेरिकासँग हुने वार्ताको मुख्य छलफलको बिषय हुने इरानले आइतबार जनाएको छ । इरानको रोक्का कोष र देशको तेल बिक्रीजस्ता विषयहरू पनि वार्तामा छलफलका बिषय हुनेछन् ।

“यहुदी प्रशासनले लेबनानमा आफ्नो प्रतिबद्धता उल्लङ्घन गरिरहेको छ, यो विषय आजको वार्ताको मुख्य विषय हुनेछ,” विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले इरानी समाचार संस्था (इर्ना) द्वारा सम्प्रेषित एक भिडियोमा बताएको छन ।

तेहरानले वाशिङ्गटनसँग फेब्रुअरी २८ मा अमेरिका–इजरायली हमलापछि सुरु भएको र महिनौंदेखि चलेको द्वन्द्व समाप्त गर्न गत बिहीबार अमेरिकासँग एक समझदारीपत्रमा सम्झौता गरेको थियो । सम्झौताअनुसार, लेबनानमा इजरायल–हिजबुल्लाह द्वन्द्व पनि रोकिने सहमति भएको थियो ।

इरानको सेनाले शनिबार लेबनानमा इजरायली हमलाहरू जारी रहेको कारणले उसले फेरि हर्मुज जलडमरू बन्द गरेको घोषणा गरेको छ ।

शनिबार साँझपछि लेबनानमा कुनै नयाँ आक्रमण भएको रिपोर्ट आएको छैन र बघाईले शनिबारदेखि लेबनानमा ‘युद्धविराम’ जारी भएको बताए ।

समझदारी पत्रमा उल्लेख भएअनुसार अमेरिका र इरान लेबनानमा इजरायल–हिजबुल्लाह द्वन्द्व पनि रोक्न सहमत भएको तेहरानको दावी छ ।

उनले थपै “तेहरानले आफ्नो रोक्का तथा पहुँचयोग्य नभएका कोषहरूको विषयलाई पनि वार्तामा अघि बढाउनेछ ।”

“इरानको रोक्का वा प्रतिबन्धित सम्पत्तिहरू उपलब्ध गराउने विषय, साथै इरानी तेल बिक्रीका लागि आवश्यक अनुमति पत्र (लाइसेन्स) जारी गर्ने सम्बन्धित छलफल पनि छलफलको बिषयमा रहनेछ,” हाल वार्ताको तयारीमा स्विट्जरल्याण्ड रहनुभएका बघाईले बताए ।

इरानले आफ्नो रोक्का सम्पत्तिको आधिकारिक तथ्याङ्क खुलासा गरेको छैन, तर मिडिया रिपोर्टहरूले इरानको रोक्का रकम १०० अर्ब डलरभन्दा बढी रहेको अनुमान गरेका छन्, जसमध्ये धेरैजसो सन् १९७९ को इस्लामिक क्रान्तिपछि रोक्का गरिएको थियो । इस्लामिक क्रान्तिले अमेरिका समर्थित तत्कालिन शासक अल रेजा पहलवीलाई सत्ताबाट हटाएको थियो।

बघाईका अनुसार, इरानी प्रतिनिधिमण्डलले पाकिस्तान र कतार मध्यस्थकर्ताको रूपमा रहेको ‘चार पक्षीय बैठक’ मा अमेरिकी प्रतिनिधिमण्डलसँग भेट्नेछ ।

प्रकाशित समय : १९:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु