global ime bank Long Banner Ad

गृहपृष्ठ स्थानीय तह निर्वाचन: अशक्तदेखि ज्येष्ठ नागरिकसम्म सहभागी (१५ तस्बिर)

स्थानीय तह निर्वाचन: अशक्तदेखि ज्येष्ठ नागरिकसम्म सहभागी (१५ तस्बिर)

स्थानीय तह निर्वाचन: अशक्तदेखि ज्येष्ठ नागरिकसम्म सहभागी (१५ तस्बिर)

स्थानीय तह निर्वाचन-२०७९ सम्पन्न भएकाे छ । विवाद र झडपका कारण केही स्थानमा स्थगित भए पनि समग्रमा शान्तपूर्ण तवरबाट निर्वाचन सम्पन्न भएकाे हाे । आज बिहान ७ देखि साँझ ५ बजेसम्मकाे अवधिमा मतदाताले अबकाे पाँच वर्षकाे लागि स्थानीय तहकाे जनप्रतिनिधि छान्न मतदान गरेका छन् । यस क्रममा शारीरिक रूपमा अशक्तदेखि ज्येष्ठ नागरिकहरू समेत निर्वाचनमा उत्साहजनक रूपमा सहभागी भए ।

निर्वाचनमा किरियापुत्रीहरूले पनि मतदान गरेका छन् । ज्येष्ठ नागरिकहरू कतिपयलाई बाेकेर, स्ट्रेचरमा मनदानस्थलसम्म पुर्‍याइएकाे थियाे । काेही  लाैराे टेकेर पुगेका थिए । शारीरिक अशक्त भएकाहरू पनि ह्वीलचेयरमै मतदान गर्न पुगेका थिए । काेही काखे बच्चा च्यापेरै मत हाल्न पुगे ।

(सबै तस्बिर: रासस)

 

प्रकाशित समय : ०१:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु