गृहपृष्ठ ६४ प्रतिशत मत खसेकाे प्रारम्भिक अनुमान
६४ प्रतिशत मत खसेकाे प्रारम्भिक अनुमान

आज (शुक्रबार) सम्पन्न स्थानीय तहकाे निर्वाचनमा ६४ प्रतिशत मतदान भएको निर्वाचन आयोगले अनुमान गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ६४ प्रतिशतको अनुमान प्रस्तुत गरेका हुन् । उनले सोही प्रतिशतको हाराहारीमै मतदान होला भन्ने लागेको बताए ।
आयोगले अपेक्षा गरेअनुसार मतदान भएन कि भन्ने लागेको पनि उनले बताए । 'आयोगले अपेक्षा गरेअनुसार मतदान भएन कि भन्ने लागेको छ,’ उनले भने । यसअघि उनले ६५ देखि ७२ प्रतिशतसम्म मत खस्ने आँकलन प्रस्तुत गरेका थिए ।
राजनीति दल र उम्मेदवारबीचकाे सामान्य विवादले पनि उग्र रुप लिँदा प्रहरीद्वारा बल प्रयोग गर्नुपर्ने अवस्था आएको समेत बताए । समग्रमा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको उनको भनाइ छ ।
प्रकाशित समय : ०२:०४ बजे