global ime bank Long Banner Ad

गृहपृष्ठ फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी

फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी

फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी

युरोपका केही भागमा बढिरहेको भीषण गर्मीको सामना गर्न फ्रान्सले आइतबार आपतकालीन सेवा र सेनालाई जङ्गली आगो ९डढेलो० को खतरासम्बन्धी चेतावनी जारी गरेको छ । सार्वजनिक स्थलहरूमा रक्सी पिउन प्रतिबन्ध लगाएको छ र केही खुला आकाशमा खेलिने खेलकुद कार्यक्रमहरू रद्द गरेको छ ।

आइतबार फ्रान्सको करिब एक तिहाई भागमा राष्ट्रिय मौसम सेवाको ‘तापक्रम वृद्धिसम्बन्धी खतरा’ को चेतावनी जारी गरिएको छ । पूरै देशमा अत्यधिक गर्मी छ । केही क्षेत्रमा आइतबार तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ । सोमबार अझ बढी गर्मी हुने अनुमान गरिएको छ ।

जोखिम घटाउन राष्ट्रिय तथा स्थानीय अधिकारीहरूले विभिन्न उपायहरू अपनाएका छन् । भीडलाई चिसो राख्न एफेल टावर र पेरिसका अन्य स्थानहरूमा ‘मिस्टिङ स्टेसन’ ९चिसोको फोहोरा छोड्ने मेसिन० जडान गरिएको छ ।

चार वर्षमा दूई लाखभन्दा बढीको गर्मीजन्य समस्याबाट मृत्यु–

विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्युएचओ० को युरोप कार्यालयले पछिल्ला चार वर्षमा युरोपमा गर्मीसम्बन्धी कारणले दुई लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको बताएको छ । सङ्गठनले यीमध्ये धेरैजसो मृत्यु रोक्न सकिने थिए भनेको छ । यो गर्मीमा औसतभन्दा बढी तापक्रम रहने अपेक्षा छ, जसले गर्मीबाट अत्यधिक थकान र घातक ‘हीट स्ट्रोक’ (लू लाग्ने)हुन सक्छ ।

देशहरूलाई गर्मीबाट बच्न योजना लागू गर्न सुझाव

डब्ल्युएचओको युरोप कार्यालयले देश तथा संस्थाहरूलाई देशहरूलाई गर्मीबाट बच्न योजना ९हिट प्लान० लागू गर्न आग्रह गरेको छ । कर्मचारीहरू दिउँसोको तीव्र घामबाट बच्न सकून् भनी शीतल क्षेत्रको निर्माण गरी कामको बीचबीचमा यसको उपयोग गराउने, आराम दिने वा लचकतापूर्ण कामको समय सुरु गर्ने व्यवस्थाको थालनी गर्न सुझाब दिएको छ ।

आइतबार फ्रान्समा हुने वार्षिक ‘म्युजिक दिवस’ अधिकारीहरूका लागि विशेष चिन्ताको विषय बनेको छ । गर्मीको सबैभन्दा लामो दिन ९समर सोल्स्टिस० को अवसरमा आयोजित यो देशव्यापी उत्सवमा गाउँका चोक र पेरिसका क्लबहरूमा हजारौँ कन्सर्टहरू हुन्छन्। यसमा ठूलो सङ्ख्यामा विदेशी पर्यटकहरू पनि आउँछन्।

रक्सीमा नियन्त्रणको आदेश

सरकारले इमर्जेन्सी सेवाहरूमाथि दबाब कम होस् र चिकित्सक तथा स्वास्थ्यकर्मीप्रति सबैभन्दा कमजोर व्यक्तिहरूको हेरचाहमा ध्यान केन्द्रित गर्न सकोस्।म्युजिक डे कार्यक्रमका आयोजकहरूलाई रक्सीको प्रयोग सीमित गर्न आदेश दिएको छ।

अधिकारीहरूलाई विशेष रूपमा गर्मीमा सडकमा बसिरहेका मानिसकासाथै नर्सिङ होममा रहेका वा घरमा एक्लै बस्ने वृद्धहरूको। वर्ष २००३ मा आएको भीषण गर्मीमा करिब १५ हजार वृद्धहरूको मृत्यु भएको थियो, जुन फ्रान्सका लागि ठूलो पाठ बनेको थियो ।

डढेलो र परमाणु प्लान्टमा विशेष निगरानी

सरकारले शनिबार जङ्गलको आगोबाट बच्ने तयारीलाई थप मजबुत बनाउने घोषणा गरेको छ र फ्रान्सका धेरै परमाणु रियाक्टरहरूमा पानी आपूर्तिमा कडा निगरानी राख्न निर्देशन दिएको छ ।

सरकारले विद्यालय बन्द गर्ने निर्णय अन्तिम विकल्पको रूपमा लिने बताएको छ । तर दिउँसो हुने वर्षको अन्तिम परीक्षाहरूलाई अर्को बिहानसम्म सारे वा समय परिवर्तन गर्न सकिनेछ ।

प्रधानमन्त्री सेबेस्टियन लेकोर्नूले शनिबार गर्मी सङ्कटबारे सरकारी बैठक बोलाउनुभएको थियो र आइतबार अर्को बैठक गर्ने योजना बनाएका छन् । यो कदम राष्ट्रिय मौसम सेवाले गर्मीको ’व्यापक, लामो समयसम्म चल्ने र तीव्र’ चरणको चेतावनी दिएपछि उठाइएको हो । भविष्यमा लूको राम्रोसँग सामना गर्न फ्रान्सलाई तयार पार्ने योजना बनाउन र ‘आवश्यक परे एयर कन्डिसनिङको प्रयोग’ गर्न पनि लेकोर्नूले मन्त्रीहरूलाई निर्देशन दिएको छन ।रासस

प्रकाशित समय : १८:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु