गृहपृष्ठ लुम्बिनीमा बाढीपीडितको सम्झनामा प्रार्थना
लुम्बिनीमा बाढीपीडितको सम्झनामा प्रार्थना
कपिलवस्तु । भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाको सम्झनामा भगवान् बुद्धको पवित्रजन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा आज विशेष पूजासहित आत्मशान्तिका लागि प्रार्थना गरिएको छ । जनैपूर्णिमाको अवसरमा आयोजित प्रार्थनामा बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको हो ।
बाढीपछि सम्पर्कविहीन भएकाहरू सकुशल फेला परून्, घाइतेले शीघ्र स्वास्थ्य लाभ गरून् र प्रभावित परिवारले दुःखको यस घडीमा आवश्यक सहयोग र साथ प्राप्त गरून् भन्ने कामनासहित प्रार्थना गरिएको लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव ज्ञानिन राईले बताए । उनका अनुसार भिक्षु(भिक्षुणी, गुरु तथा लुम्बिनी विकास कोषका कर्मचारीको उपस्थितिमा शान्ति, करुणा, मैत्रीभाव र मानवताको कामनासहित प्रार्थना गरिएको हो ।
प्राकृतिक विपद्ले निम्त्याएको दुःखद परिस्थितिमा पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै भगवान् बुद्धको करुणा, मैत्री र मानवताको सन्देशले पीडित मनमा शान्ति र आशा प्रदान गरोस् भन्ने प्रार्थना गरिएको सदस्य सचिव राईले बताए ।
विपद्को घडीमा पीडित परिवारलाई आवश्यक सहयोग, साथ र हौसला प्रदान गर्नु सबैको दायित्व भएको बताउँदै उनले सम्पर्कविहीन भएकाहरूको सकुशल उद्धार र प्रभावित परिवारको शीघ्र पुनःस्थापनाको कामना गर्े । प्रार्थनामा बाढीबाट प्रभावित सम्पूर्ण परिवारमा साहस र धैर्य प्राप्त होस् भन्ने कामना गरिएको छ ।
प्रकाशित समय : २०:१९ बजे


















