गृहपृष्ठ स्थगन भएका मतदान केन्द्रको संख्या ७९ पुग्यो
स्थगन भएका मतदान केन्द्रको संख्या ७९ पुग्यो
यही वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा स्थगन हुने मतदान केन्द्रको संख्या ७९ पुगेको छ ।
निर्वाचन आयोगले गएराति २२:०० बजेसम्म विभिन्न १६ जिल्लाका २८ पालिकाका ४३ मतदानस्थलका ७४ वटा केन्द्रमा स्थगन भएको विवरण सार्वजनिक गरेकोमा हालसम्म निर्वाचन अधिकृतका कार्यालयबाट प्राप्त सूचनाका आधारमा मतदानस्थलसहित केन्द्रको संख्या थप भएको हो ।
हालसम्म विभिन्न स्थानमा गरी ७९ मतदान केन्द्रमा स्थगन भएको आयोगले जनाएको हो । आयोगका अनुसार विवाद र झडपका कारण स्थगन भएकामा कतिपय मतदान केन्द्रमा जति मत खसिसकेको छ, त्यसैलाई आधार मानेर गणना गर्ने कि भन्ने विषयमा छलफल भइरहेकाले स्थगनको कूल संख्या केही थपघट हुन पनि सक्ने छ ।
मतदान भएका अधिकांश पालिकामा मतगणना सुरु भइसकेको छ । केहीमा मतपरिणाम समेत आउन थालिसकेकाे छ ।
प्रकाशित समय : २०:४७ बजे



















