global ime bank Long Banner Ad

गृहपृष्ठ उत्तर कोरियामा ज्वरोबाट २१ को मृत्यु, कोभिडको आशंका

उत्तर कोरियामा ज्वरोबाट २१ को मृत्यु, कोभिडको आशंका

उत्तर कोरियामा ज्वरोबाट २१ को मृत्यु, कोभिडको आशंका

उत्तर कोरियाले शनिबार ‘ज्वरो’ बाट थप २१ जनाको मृत्यु भएको घोषणा गरेको छ । उनीहरुलाई कोभिड भएको आशंका पनि गरिएको छ ।  त्यहाँ कोभिड-१९ को पहिलो घटना पुष्टि भएको दुई दिनपछि देशव्यापी रूपमा पाँच लाखभन्दा बढी मानिस बिरामी परेको बताएको छ । 

उत्तर कोरियामा कोभिड विरुद्धको खोप लगाइएको छैन । त्यहाँ खोप नलगाएका मानिसहरु रहेकाले ज्वरोले थलिएका भनिएका यी मानिसमा पनि कोभिडको संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ । त्यहाँ शुक्रबार एकै दिनमा मात्रै एक लाख ७४ हजार ४४० जना भन्दा बढीलाई ज्वरो आएको थियो । कम्तीमा ८१ हजार ४३० जना पूर्णरूपमा निको भएका थिए । यस ज्वरोको कारण देशभर २१ जनाको मृत्यु भएको आधिकारिक कोरियाली केन्द्रीय समाचार एजेन्सीले जनाएको छ ।

उत्तर कोरियाको राजधानी प्योङयाङमा अत्यधिक संक्रामक ओमिक्रोन भेरियन्ट पत्ता लागेका बिहीबार पुष्टि भएको थियो । त्यहाँका नेता किम जोङ उनले राष्ट्रव्यापी रुपमा लकडाउन गर्न आदेश दिएको बताइएको छ ।

प्रकाशित समय : २१:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु