global ime bank Long Banner Ad

गृहपृष्ठ ११ स्थानीय तहकाे अन्तिम नतिजा : एमालेकाे अग्रता

११ स्थानीय तहकाे अन्तिम नतिजा : एमालेकाे अग्रता

११ स्थानीय तहकाे अन्तिम नतिजा : एमालेकाे अग्रता

स्थानीय तह निर्वाचनअन्तर्गत हालसम्म ११ स्थानीय तहको प्रमुखको अन्तिम मतपरिणाम आएकाे छ । निर्विरोध र निर्वाचित गरी नेकपा एमालेले ५ स्थानीय तहको प्रमुख जितेको छ । नेपाली कांग्रेसले ३ स्थानीय तहमा प्रमुख जितेको छ भने नेकपा (एकीकृत समाजवादी)ले डोल्पाका २ गाउँपालिकामा निर्विरोध प्रमुख जितेको छ ।

त्यस्तै माओवादी केन्द्रले डोल्पाको एक गाउँपालिकामा जित निकालेर खाता खोलेको छ । अहिलेसम्म एमालेले जितेका पालिका प्रमुखमा मुस्ताङका २, मनाङका २ र डोल्पाका एक छन् । मुस्ताङको लो-घकर दामोदरकुण्ड गाउपालिका र वारागुङ मुक्ति क्षेत्र तथा मनाङका मनाङ डिस्याङ र चामे गाउपालिका रहेका छन् । त्यसैगरी डोल्पाको शेफोक्सुण्डो गाउँपालिकाकाे प्रमुखमा पनि एमालेले जितेको छ ।

त्यसैगरी कांग्रेसले मनाङको नार्सो र नार्पाभुमि तथा मुस्ताङको घरपझोङ गाउपालिकाकाे प्रमुखमा जित हासिल गरेकाे छ । नेकपा एकीकृत समाजवादी डोल्पाको काइके र छार्पा गाउँपालिकामा निर्विरोध भएको छ  । त्यसैगरी माओवादी केन्द्रले एक पालिका जितेको छ । जसमा डोल्पाको जगदुल्लाको अध्यक्ष पदमा माओवादी उम्मेदवार विजयी भएको हाे ।

प्रकाशित समय : २२:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु