गृहपृष्ठ प्रधानमन्त्री देउवाकै वडामा कांग्रेस पराजित
प्रधानमन्त्री देउवाकै वडामा कांग्रेस पराजित
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह वडामा कांग्रेस पराजित भएको छ । गन्यापधुरा गाउँपालिका-१ को वडाध्यक्षमा बीपी कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
कांग्रेसका उम्मेदवार चन्द्रबहादुर देउवालाई हराउँदै बीपी कांग्रेसका नरेश भण्डारी विजयी भएका हुन् । भण्डारीले ६ सय ७३ मत ल्याउँदा देउवाले ५ सय ४४ मत पाए । पराजित भएका देउवा शिक्षकबाट राजीनामा दिँदै वडाध्यक्षमा लडेका थिए । निर्वाचन अधिकृतको कार्यालयले विजय घोषणा गर्न भने बाँकी छ ।
कांग्रेसबाट निष्कासित निवर्तमान पार्टी कर्णबहादुर मल्ल समूहले बीपी कांग्रेसको करुवा चुनाव चिह्न लिएर जिल्लामा कांग्रेससँगै प्रतिस्पर्धा गरिरहेको छ । उसले यहाँ एमालेसँग तालमेल गरेको छ ।
प्रकाशित समय : २३:०९ बजे



















