गृहपृष्ठ १,१२७ पीसीआर परीक्षण गर्दा थप २ जनामा काेराेना पुष्टि
१,१२७ पीसीआर परीक्षण गर्दा थप २ जनामा काेराेना पुष्टि
नेपालमा थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर गरिएको एक हजार १२७ वटा स्वाब नमुनाको पीसीआर परीक्षणका क्रममा दुईजनामा संक्रमण पुष्टि भएको हो ।
१२७ नमुनाको एन्टिजेन परीक्षणका क्रममा भने कसैमा पनि कोरोना संक्रमण नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो अवधिमा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १६ संक्रमित निको भएका छन् । हालसम्म नेपालमा नौ लाख ६६ हजार ८८९ जना संक्रमणमुक्त भएका छन् ।
हाल नेपालमा १५० संक्रमित आइसोलेसनमा रहेकाे मन्त्रालयले जनाएको छ ।
प्रकाशित समय : २३:२० बजे



















