गृहपृष्ठ काठमाडौं महानगरको मतगणना छिटोभन्दा छिटो गर्ने आयोगको तयारी
काठमाडौं महानगरको मतगणना छिटोभन्दा छिटो गर्ने आयोगको तयारी
काठमाडौं महानगरपालिकाको मतगणनामा ढिलाइ हुने सङ्केत देखिएको छ । आज बिहान १० बजेदेखि मतगणना सुरु भए थोरै मात्र मत गणना भएको जनाएको छ ।
सुरुआतमा दुई स्थानबाट मात्र गणना थालिएको छ । दलका प्रतिनिधिको संख्या बढाएर अन्य स्थानबाट एकसाथ गणना थाल्ने तयारी गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन कार्यालयका अधिकृत प्रेमकुमार श्रेष्ठले विवाद आउन नदिने गरी सानो संख्यामा परीक्षणका रूपमा मतगणना थालिएको बताए ।
कार्यालयले ६/७ स्थानबाट एकसाथ गणना गर्ने तयारी गरेको छ ।
प्रकाशित समय : २०:१२ बजे



















