गृहपृष्ठ अल जजिराका पत्रकारको हत्याप्रति राष्ट्रसंघद्वारा निन्दा
अल जजिराका पत्रकारको हत्याप्रति राष्ट्रसंघद्वारा निन्दा

अल जजिराका पत्रकारको हत्याको संयुक्त राष्ट्रसंघले कडा शब्दमा निन्दा गरेको छ । अल जजिराका पत्रकार सिरिन अबु अकलेहको गत बुधबार हत्या भएको थियो । इजरायली सेनाको कारबाहीको समाचार संकलन गरिरहेका बेला उनको गोली हानी हत्या भएको थियो ।
उनका अर्का एकजना साथी सो गोली प्रहारबाट गम्भीर रुपमा घाइते भएका छन् । जेलिनमा इजरायली सैनिकले गरेको अपरेसनको समाचार संकलन गरिरहेका बेला जेलिनमा उनको हत्या भएको थियो । त्यस हत्याको कडा शब्दमा निन्दा गर्दै यस हत्यामा संलग्नहरुलाई कारबाही गर्न माग गरिएको छ ।
समाचार संकलनका लागि खट्ने पत्रकारको सुरक्षा हुनुपर्नेमा संयुक्त राष्ट्रसंघले जोड दिएको छ ।
प्रकाशित समय : १९:१५ बजे