global ime bank Long Banner Ad

गृहपृष्ठ किङलङका विद्युतीय गाडी नेपाली बजारमा

किङलङका विद्युतीय गाडी नेपाली बजारमा

किङलङका विद्युतीय गाडी नेपाली बजारमा

किङलङका विद्युतीय भ्यान नेपाल भित्रिएका छन् । किङलङको आधिकारिक बिक्रेता श्री इको भिजिनरीले प्रालिले नेपाल भित्र्याएकाे हो ।

कम्पनीका अनुसार ५१ किलोवाट आवर ब्याट्री रहेको भ्यान २०० किमीसम्मको रेञ्ज दिन्छ ।  किङलङका भ्यानहरू सार्वजनिक यातायात बाहेक एम्बुलेन्स, कार्गो रूपमा रहेको छ । २० वटा सिट क्षमता भएका भ्यान रहेका छन् । श्री इको भिजिनरीले प्रालिका अध्यक्ष उमंग श्रेष्ठले किङलङले चीनमा अटोनोमोस रहेको छ । सीएटील ब्याट्री रहेको गाडीमा कम्तीमा ५ वर्ष चल्ने उनले बताए ।

यही ब्याट्रीलाई ८ वर्षसम्म ग्यारेन्टी दिएको बताएका छन् । उनी डिजेलका माईक्रोभन्दा एक तिहाई खर्चमै सञ्चालन गर्न सकिने बताउँछन् । उनले व्यवसायीलाई आम्दानी बढाउन सक्ने र स्वच्छ वातावरणका लागि सहयोग पुग्ने बताए ।

विद्युतीय सवारीसाधन संघका अध्यक्ष शंकर प्रसाद पोखरेलले सार्वजनिक सवारी साधनलाई विद्युतीय बनाउनुको विकल्प नभए पनि निजी क्षेत्रले ठूलो लगानी गर्न नसक्ने बताए । उनले माइक्रोबस सञ्चालन निजी क्षेत्रबाट लगानी हुनसक्ने बताए ।

चिनियाँ कम्पनी किङलङका प्रतिनिधिले ३० वर्षदेखि बस, माइक्रो बस, भ्यान उत्पादन गर्दै आएको बताएका छन् । बसहरू ४.३ देखि १८ मिटरसम्मका रहेको बताएका छन् । कम्पनीले हालसम्म १४० देशमा आफ्ना उत्पादन पुर्‍याएको जानकारी दिएको छ ।

प्रकाशित समय : १७:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु