गृहपृष्ठ दोस्रो दिन पनि घट्यो सुनको मूल्य
दोस्रो दिन पनि घट्यो सुनको मूल्य
नेपाली बजारमा लगातार दोस्रो दिन बिहीबार पनि सुनको मूल्य घटेको छ । बुधबारको तुलनामा आज सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
यससँगै छापावाल सुन प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा झरेको छ । महासंघका अनुसार तेजावी सुनको मूल्य पनि प्रतितोला ९४ हजार १ सय रुपैयाँमा आइपुगेको छ । बिहीबार चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १ हजार १८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित समय : १७:२० बजे



















