global ime bank Long Banner Ad

गृहपृष्ठ माओवादीको केन्द्रीय समिति बैठक बस्दै, प्रचण्डले पदाधिकारी प्रस्ताव गर्ने

माओवादीको केन्द्रीय समिति बैठक बस्दै, प्रचण्डले पदाधिकारी प्रस्ताव गर्ने

माओवादीको केन्द्रीय समिति बैठक बस्दै, प्रचण्डले पदाधिकारी प्रस्ताव गर्ने

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी छ । १९ असारदेखि काठमाडौंमा जारी नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठकमा आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेताहरुले उठाएका प्रश्नको जवाफ दिँदै छन् । आजको बैठक बिहान ११ बजेपछि प्रज्ञा भवन कमलादीमा बस्नेछ ।

आजको बैठकमा अध्यक्ष प्रचण्डले पोलिटव्युरो, स्थायी र पदाधिकारी प्रस्ताव गर्ने सम्भावना छ । गत मंगलबारको पूर्वपदाधिकारी बैठकले पदाधिकारी, स्थायी र पोलिब्युरो सदस्यको अन्तिम नामावली प्रस्ताव गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई नै दिएको थियो । नामावली टुंगो लगाउन प्रचण्डले मंगलबार र बुधबार आन्तरिक छलफल गरेका थिए ।

पदाधिकारी, स्थायी र पोलिटब्युरो सदस्य टुंगो लगाउने गृहकार्य गर्न भन्दै मंगलबार केन्द्रीय समितिको बैठक स्थगित गरिएको थियो । बुधबार पनि संसदमा सहभागी हुनुपर्ने भन्दै बैठक स्थगित गरिएको थियो । बुधबारको संसद बैठकमा महासचिव पदका आकांक्षी जनार्दन शर्माले अर्थमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।

महाधिवेशन भएको ६ महिनापछि बसेको केन्द्रीय समिति बैठकले पदाधिकारीको टुंगो लगाउने विश्वास गरिएको छ । महाधिवेशन प्रचण्डलाई अध्यक्ष बनाएर सकिएको थियो ।

प्रकाशित समय : १६:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु