काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

परराष्ट्रमन्त्री खनालसँग साइप्रसका गैरआवासीय राजदूतको शिष्टाचार भेटवार्ता

630
shares

काठमाठौँ। परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रियोनिडेसले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको सो भेटवार्तामा मन्त्री खनाल र राजदूत भ्रियोनिडेसबीच नेपाल र साइप्रसबीचको द्विपक्षीय सहकार्यका विभिन्न विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यस भेटका अवसरमा परराष्ट्रमन्त्री खनालले साइप्रसमा रहेका नेपालीका बारेमा चासो व्यक्त गरेका थिए । साथै, बहुपक्षीय मञ्चहरुमा आपसी हित र सहकार्य गर्ने विषयमा उहाँहरूबीच छलफल भएको मन्त्रालयले जनाएको छ ।