काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

714
shares

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा आयोजित धार्मिक तथा सांस्कृतिक कार्यक्रममा पार्कीबाडा मष्टाका धामीले सोटा (फलामको डण्डा) भाँचेर आफ्नो शक्ति प्रदर्शन गरेका छन्।

स्थानीय देवीदेवताको पूजाआजा तथा परम्परागत नाचका क्रममा धामीले आफ्नै कम्मरमा फलामको डण्डा भाँचेर प्रदर्शन गरेको दृश्यले उपस्थित दर्शकको ध्यान आकर्षित गरेको थियो।

कर्णालीका हिमाली जिल्लामा धामी नाच स्थानीय धार्मिक आस्था, विश्वास र मौलिक संस्कृतिसँग जोडिएको परम्परा हो।

विभिन्न पर्व तथा धार्मिक अवसरमा आयोजना गरिने यस्ता गतिविधिले स्थानीय सांस्कृतिक परम्परालाई जीवन्त राख्न मद्दत गर्दै आएका छन् ।

पूर्णिमाका अवसरमा माझ्खाडामा आयोजित कार्यक्रममा देखाइएको धामी नाचले स्थानीय धार्मिक विश्वास र परम्पराको झल्को दिएको स्थानीय काली थापाले बताए ।