काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

चुनावी तिक्ततालाई अन्त्य गर्नुपर्छ : सभापति थापा

861
shares

ai logo सारांश

  • नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको आन्तरिक तिक्ततालाई अन्त्य गर्नुपर्ने बताएका छन ।

पोखरा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको आन्तरिक तिक्ततालाई अन्त्य गर्नुपर्ने बताएका छन ।

बिपी स्मृति पुस्तकालय गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित सम्मान कार्यक्रममा सभापति थापाले पार्टीबाट टाढिएका मतदाताको घरदैलोमा पुगेर कांग्रेसले पुनःसंवाद थाल्ने जानकारी दिए ।

उनले ११३औँ बिपी जयन्तीका अवसरमा विगतमा कांग्रेससँग आबद्ध रहेका तर पछिल्लो समय अलग भएका परिवारसँग विशेष अभियान सञ्चालन गरी जोडिनुपर्ने धारणा राखेका हुन । सभापति थापाले भने, “दुई लाखभन्दा बढी परिवारहरु अहिले हामीसँग अलग भएका हुन । ती अलग भएका परिवारलाई हामीले खोज्नुप-यो । उहाँहरुसँग संवाद गर्नुप-यो ।”

पार्टीमा २० देखि ८० वर्षसम्मका चार पुस्ता क्रियाशील रहेको उल्लेख गर्दै सभापति थापाले पाका नेताको अनुभव र युवाहरुको ऊर्जाको संयोजनबाट मात्र नतिजा हासिल हुने स्पष्ट पारे ।

आफ्नो चार वर्षे कार्यकालमा निष्ठापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले नेताहरुलाई भड्किलो शैली त्यागेर गाउँ–गाउँमा खटिन निर्देशन दिए । आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोटको सम्पूर्ण अधिकार तल्लो तहलाई दिइने सभापति थापाले बताए । सभापति थापाले नेपाली कांग्रेसमा रहेर विशिष्ट योगदान पुर्याएका गण्डकी प्रदेशका ११ जिल्लाका एकरएक जनालाई सम्मान गरे थिए ।