काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एनपीएल : विराटनगरलाई ८ रनले हराउँदै चितवन राइनोज विजयी

609
shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किङ्सलाई ८ रनले पराजित गरेको छ।

चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा सबै विकेट गुमाउँदै १४९ रनमा समेटियो। यससँगै चितवनले ८ रनको जित निकालेको हो।

१५.५ ओभरमा पाँच विकेट गुमाएर १३२ रनको बलियो अवस्थामा रहेको विराटनगर त्यसपछि धराशायी बनेको थियो।

विराटनगरका लागि इमरान शेखले सर्वाधिक ३९ रन बनाए भने आन्द्रे रसलले ३३ रनको योगदान गरे। तर, उनीहरूको प्रयासले टोलीलाई जित दिलाउन सकेन।

चितवनका कमलसिंह ऐरीले चार विकेट लिए भने रिजन ढकालले दुई विकेट झारे। उनीहरूको उत्कृष्ट बलिङसँगै चितवनले रोमाञ्चक जित निकालेको हो।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १५७ रन बनाएको थियो। चितवनका ओपनर ब्याटर डेविड मलानले अर्धशतक प्रहार गर्दै सर्वाधिक ७० रन बनाए। जारी संस्करणमा अर्धशतक प्रहार गर्ने मलान पहिलो खेलाडीसमेत बनेका छन्।

त्यस्तै, रवि बोपरा ३२ रन र ड्यान माउस्ली २९ रनमा अविजित रहे। विराटनगरका चरिथ असलंका, आन्द्रे रसल र एन्जेलो म्याथ्युजले समान एक–एक विकेट लिए।

यस जितसँगै चितवनले प्रतियोगितामा महत्त्वपूर्ण सफलता हासिल गरेको छ।

एनपीएलअन्तर्गत मंगलबार साँझ ५ बजे हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ।