काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक

756
shares

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका बस्तीमा कायमै रहेको छ । जिल्लाका केही स्थानीय तहका थोरै गाउँहरुमा यसको अन्त्य भएपनि अधिकांश गाउँहरु छाउपडी प्रथा कायमै रहेको छ । यहाँका विभिन्न सरोकारवाला निकायहरुले यसको अन्त्यका लागि विभिन्न समयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेपनि हट्न सकेको छैन । जिल्लाको सिमकोट, खार्पुनाथ, सर्केगाड, चंखेली गाउँपालिका लगायतमा विभिन्न सामाजिक कार्य गर्दै आएको सुस्वाको सहयोग खार्पुनाथ गाउँपालिका–३ रायामा सडक नाटक सञ्चालन गरेको छ ।

छाउपडी कुपर्था विरुद्ध सडक नाटक राया गाउँमा सञ्चालन गरेर सम्पन्न भएको छ । नाटकमा यो कुप्रथा आजको सभ्य मानिएको समाजको डरलाग्दो प्रथा रहेको यसलाई मान्नु हुदैन भनी व्याख्या पनि गरिएको थियोे । समाज विकासका अनेकौं अभ्यास पछि पनि हामी यो कमजोरीबाट मुक्त हुन नसकेको र यसलाई चाडो भन्दा चाडो अन्त्य गर्न सबैले लाग्नु पर्ने भनी नाटक मार्फत सचेतना जगनइएको प्रगतिशील युवा क्लब राया कवि बुढाले बताए ।

नाटकमा छाउपडी कुप्रथा बाट पिडित महिला दिदिबहिनिहरुको पिडा समेटिएको थियो । कर्णाली र सुदुरपश्चिम तिर अझै ब्याप्त रुपमा जिबित रहेको छाउपडी कुप्रथालाई विशुद्ध राजनीति र धार्मिक तहमा मात्र व्याख्या गर्नु हुन्न भन्ने तर्कको नाटकमा बलियो उठान गरिएको थियो ।

छाउपडी कुप्रथा विरुद्ध छुवाछूतको कुरा उठाउनेलाई जेल हाल्नुपर्छ भन्ने कुरालाई पनि विशेष उठान गरिएको थियो । छाउपडी भएर गोठमा बसेको बेला धामीझाँक्री, मुखिया, अग्रज लगायतले छाउपडी, छुइछिटो मानेको कारण हामिले चुप नलागेर बस्नुका साथै यसका विरुद्ध आवाज उठाउनु पर्छ भनी नाटक द्वारा चेतना दिएको थियो । महिला माथी हुने हिंसा लाई पुलिसमा दर्ता गराई दोसिलाई कार्बाही गरिनु पर्छ अनि मात्र महिला हिंसा गर्नेहरु सुध्रन्छन भनी नाटकले चित्रण गरेको थियो । नाटकमा छाउपडी कुप्रथाको आरक्षणका कारण महिला हिंसा बढेको विषयलाई पनि जोडतोडले नाटकमा ल्याइएको थियो । यसलाई सरकारले सामाजिक अपराधाको रुपामा घोषण गरिसकेको पनि जनाईएको थियो । छाउपडिले छोएको खान हुन्न भन्ने कुरा भ्रम मात्र भएको यसले कसैलाई केही बिगार गर्दैन भनि ब्याख्या पनि गरिएको छ ।